लागूऔषधसहित युवक पक्राउ

0

प्रस, सेढवा, २ भदौ/
जीराभवानी गाउँपालिकाबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरको टोलीले सोमवार बेलुकी जीराभवानी गापा–१ महादेवपट्टिको बलुवाबाट ४५ थान नाइट्रोभेटसहित सोही गापा–३ बस्ने फुलवान मियाँलाई पक्राउ गरेको सशस्त्र प्रनि सिंहवीर मल्लले बताए।
भारतीय नं.को मोटरसाइकलबाट लागूऔषध खरीद गरी नेपाल आइरहेका मियाँलाई पक्राउ गरी कारबाईको लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा पठाइएको प्रनि मल्लले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here