राधेश्याम पटेल, वीरगंज, २ भदौ/
बारा प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको ११ क्विन्टल केराउ बोकेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय, प्रसौनीको टोलीले फेटा गापा–१ रजवटीयाबाट भारततर्फ गइरहेको ना.६त ४८१८ नम्बरको ट्याक्टरमा ६० हजार मूल्य बराबरको ११ क्विन्टल केराउ तस्करी गर्न लागेको सूचना पाएर पक्राउ गरी वीरगंज भन्सार पठाएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी गराए।
लकडाउनमा रातिको समयमा सुरक्षाकर्मी सुस्त हुँदा केराउ, छोहडा, मरिचलगायत तस्करी हुँदै आएको छ। प्रहरीले साउन ३१ गते अपराह्न ३ बजे केराउ र ट्याक्टर पक्राउ गरेको थियो। ट्याक्टर चालक फरार भएको बारा प्रहरीले जनाएको छ। बारा प्रहरीले साउन महीनाभरिमा २५ किलो २ सय ग्राम चाँदी, अवैध सवारीसाधन ९ वटा, लत्ताकपडा तथा खाद्यान्न सामग्री गरी कुल २७ लाख ९२ हजार मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here