दुई पक्षबीच झडप, १४ जना घाइते

0

प्रस, सिम्रौनगढ, २ भदौ/
सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाका स्थानीयबीच सोमवार विवाद हुँदा १४ जना घाइते भएका छन्। सिम्रौनगढ नपा–११ भगवानपुर र आदर्श कोतवाल गापा–६ पटेर्वाका स्थानीयवासीबीच विवाद भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउन्ड अश्रुग्यास र १३ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
गाउँनजीक पैनीमा माछा मार्ने विषयमा दुई समूहबीच विवाद भएपछि एकअर्कामाथि ढुङ्गा प्रहार भएको थियो। झडपमा तीनवटा पसलमा तोडफोड हुनुका साथै १४ जना घाइते भएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here