सालको दुई थान गोलिया बरामद

प्रस, बिरुवागुठी, २ भदौ/
पर्सागढी नगरपालिका–२ गोडपसरा गाउँनजीकबाट सोमवार राति २ थान सालको गोलियासहित तीनवटा साइकल वन गस्ती टोलीले बरामद गरेको छ।
पर्साको राष्ट्रिय वनबाट काँचो सालको गोलिया काटेर तीनवटा साइकलमा लोड गरेर ल्याइरहेका तस्करहरूले वन गस्ती टोलीलाई देखेपछि काठ र साइकल छाडेर बेपत्ता भएका थिए।
बरामद काठ र साइकललाई सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको जमदार मनोज सिंहले बताएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्