सानो पाइलामा २९ जना सङ्क्रमित

0
208

प्रस, वीरगंज, १३ भदौ/
    कोरोना महामारीमा ५ महीनादेखि सामाजिक सेवामा खटेको सानो पाइलाको पुनस्र्थापना केन्द्रका २९ जना लागूऔषध प्रयोगकर्तामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    लागूऔषध प्रयोगकर्ता र कर्मचारी गरी कुल ३३ जनाको शुक्रवार स्वाब सङ्कलन गरी नारायणी अस्पताल पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको सानो पाइलाका कार्यकारी निर्देशक कञ्चन झाले जानकारी दिए।
    ३३ जनामध्ये ४ जना नेगेटिभ नतीजा आएकोलाई छुट्टै ठाउँमा सिफ्ट गरिएको र पुनस्र्थापना केन्द्रलाई स्थानीय प्रशासनको सहकार्यमा समन्वय गरी चिकित्सकीय सुविधा अनुसार आइसोलेशन वार्ड बनाइएको उनले बताए।
    वैशाखको दोस्रो सातादेखि करीब १० दिन सो केन्द्रमा खाना पकाएर गरीबलाई खाना खुवाइएको थियो। तर जेठदेखि पुनस्र्थापना केन्द्रका प्रयोगकर्ता र कर्मचारीहरूको मात्र खाना त्यहाँ पाक्ने गरेको कार्यकारी निर्देशक झाले स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here