निश्शुल्क भोजन सेवा शनिवारदेखि विस्तार

0
220

प्रस, वीरगंज, १३ भदौ/
    साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले निषेधाज्ञामा निश्शुल्क भोजन गराउँदै आएकोमा शनिवारदेखि सेवालाई विस्तार गरेको छ।
    वीरगंज महानगरका विभिन्न वडामा अतिविपन्न, विपन्न, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई निश्शुल्क भोजन गराउँदै आएको संस्थाले आजदेखि गण्डक र परवानीपुरमा पनि निश्शुल्क भोजन शुरू गरेको छ।
    साहिब दरबार सेवा संस्थान वीरगंजका अध्यक्ष राजेशमान सिंहले निषेधाज्ञाको २५औं दिन आजदेखि गण्डक र परवानीपुर क्षेत्रमा पनि निश्शुल्क भोजन गराउँदै आएको बताए। यसअघि, तीन सयजनालाई भोजन गराउँदै आएको संस्थाले आजदेखि ४ सयजनालाई भोजन गराएको उनले बताए।
    यसैगरी, संस्थाले शनिवार छाडा कुकुरलाई पनि भोजन गराएको छ। वीरगंज महानगरका विभिन्न वडामा छाडा कुकुरहरूलाई भोजन गराइएको हो। यसअघि संस्थाले चैत ११ गतेदेखि लकडाउन शुरू भएपछि ९० दिनसम्म निश्शुल्क भोजन गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here