पुजारी हत्याको विरोध

0
230

प्रस, वीरगंज, १२ भदौ/
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत् हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा प्रदर्शन गर्दा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका १२ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
अध्यक्ष महेश सिंहलगायतका विद्यार्थीहरूले राजधानीमा प्रदर्शन गर्दै हत्याको छानबीन गर्नुपर्ने, हत्यारालाई कारबाई गर्नुपर्ने, हिन्दूमाथिको दमन बन्द गर्नुपर्ने, धर्मनिरपेक्षता खारेज गर्नुपर्नेलगायतका माग गरेको थियो। प्रदर्शनकारीहरूलाई पक्राउ गरी दरबारमार्गमा राखेको राप्रपाका नेता राजाराम बर्तौलाले बताए। उनले पक्राउ परेका सबै विद्यार्थी नेतालाई रिहा गर्न विज्ञप्तिमार्फत् रिहा गर्न माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here