अट्ठाइस लाखसहित एकजना पक्राउ

0
254

प्रस, रौतहट, ११ भदौ/
    स्रोत नखुलेको रु २८ लाख ५१ हजारसहित एकजनालाई सशस्त्र प्रहरी बल रौतहटले पक्राउ गरेको छ।
    बिहीवार बिहान ७ः१५ बजे ईशनाथ नगरपालिका–९ लवतनाटोलनजीक भारतीय नं.को मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका राजपुर नगरपालिका–९ बैरिया बस्ने २० वर्षीय दिलीपकुमार साहलाई चेकजाँचको क्रममा निजसँग सो नगद फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले बताए। पक्राउ परेका साह र नगद आवश्यक कारबाईको लागि गौर भन्सार बुझाउने सप्रउ ओलीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here