स्वास्थ्यकर्मी, सञ्चारकर्मीसहित ४७ जना सङ्क्रमित

177

४७ जना सङ्क्रमित
राधेश्याम पटेल, वीरगंज, ३२ साउन/
पर्सा र बारामा ९ महिलासहित ४७ जना नयाँ सङ्क्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालाले शनिवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ८ देखि ६० वर्षका ४७ जना सङ्क्रमित रहेका छन्। जसमध्ये पोखरिया अस्पतालका एकजना चिकित्सक, दुईजना महिलासहित १२ जना सङ्क्रमित छन्। यसैगरी, पत्रकार राजन रौनियार पनि सङ्क्रमित भएका छन्। एभिन्युजका संवाददाता रौनियारलाई ज्वरो लागेपछि पिसिआर परीक्ष्Fण गरिएपछि उनमा सङ्क्रमण देखिएको हो।
नारायणी अस्पतालको गाइनो वार्डकी ३० र ३२ वर्षका दुईजना स्टाफ नर्स, सामाजिक सुरक्षा शाखाका २५ वर्षीया महिला तथा २५ वर्षका पूर्वकर्मचारी, पेडियाक्ट्रिक वार्डकी २८ वर्षीया स्टाफ नर्स, ओपिडी काउन्टरका ५१ वर्षे कर्मचारी, ३२ वर्षकी महिला सुरक्षा गार्डसहित सातजना स्वास्थ्यकर्मी कर्मचारी सङ्क्रमित भएका छन्। त्यसैगरी, नारायणी वयोधा अस्पताल गण्डकका तीनजना कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
वीरगंज–३१ परसवास्थित प्राइम फर्मास्युटिकल्स प्रालिका ६ जना मजदूरमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
त्यसैगरी, शनिवार राति नारायणी अस्पतालले दिएको रिपोर्टमा भवानी अस्पतालमा उपचाररत ५२ वर्षीय पुरुषलगायत बिर्ता, पानीटङ्की, रानीघाट, श्रीपुर, मुर्ली, भिस्वा, परवानीपुरका केही सङ्क्रमित रहेका छन्। कलैयाका ६० वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्