मेशिनरी पार्टपुर्जा बरामद

0
259

प्रस, पंचगावाँ, १० भदौ/
भन्सार छली भित्र्याइएको करीब दुई लाख मूल्यबराबरको मेशिनरी पार्टपुर्जा सशस्त्र प्रहरीले बरामद गरेको छ।
पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका–२ पाँडेपुरस्थित सशस्त्र प्रहरी बल भिखमपुरले भारतबाट भित्र्याइएको धान काट्ने मेशिनमा प्रयोग हुने पार्टपुर्जा र दुईटा ब्याट्री बरामद गरेको छ। आज बिहान ५ बजे सामान बरामद गरिएको र बरामद सामान वीरगंज भन्सार कार्यालय पठाइएको सप्रनि किसमान तामाङले बताए। उनले गस्तीको क्रममा सशस्त्र टोलीलाई देखेर मोटरसाइकलमा सवार व्यक्ति सामान छाडेर भागेको बताए। सशस्त्रले भारतीय नं.को मोटरसाइकलसमेत बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here