मृतकमा कोरोना पुष्टि भएपछि त्रास

0
211

प्रस, सेढवा, १० भदौ/
    जीराभवानी गाउँपालिका वडा नं ४ मा मृत्यु भएका ६४ वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो गाउँका बासिन्दाहरू त्रसित भएका छन्। गाउँपालिकाले कोरोना नियन्त्रणका लागि मृतक वृद्धको कन्ट्याक्ट ट्रेसिङ गरी २४ जनाको स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य संयोजक सफिकुल अन्सारीले बताए। सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको संयोजक अन्सारीले बताए। ती चौबीसैजनालाई होम क्वारेन्टाइनमा राखिएको संयोजक अन्सारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here