भारतको ७४औं स्वतन्त्रता दिवस वीरगंजमा मनाइयो

157

प्रस, वीरगंज, ३१ साउन/
भारतको ७४औं स्वतन्त्रता दिवस वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयमा कार्यक्रमको आयोजना गरी मनाइएको छ।
कोरोना सङ्क्रमणको कारण स्वतन्त्रता दिवस दूतावासमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र सहभागी भएर मनाए। महावाणिज्यदूत नितेश कुमारले झन्डोत्तोलन गरेका थिए। उक्त अवसरमा उनले भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतवासीको नाममा जारी गरेको सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा स्वागत भाषण उपमहावाणिज्यदूत रमेशप्रसाद चतुर्वेदीले दिएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्