अज्ञात रोगले धानबाली सुक्यो

0
243

प्रस, सर्लाही, ९ भदौ/
रासायनिक मल तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमैं सुक्न थालेपछि सर्लाहीका किसान चिन्तित भएका छन्।
धानको बोट सुक्ने नयाँ रोगको सङ्क्रमण देखिएको धान किसानहरूले बताएका छन्। यहाँका किसानहरूले यस वर्ष एउटै खेतमा दुईपटक धान रोपेका थिए। पहिलोपटक रोपेको धान खेतमा बाढीको पानी पसेपछि बोट कुहिएको थियो। दोस्रोपटक रोपेको धान पनि रोगको कारण बोट मर्न थालेपछि किसान समस्यामा परेका हुन्।
धान रोपाइँको समयमा रासायनिक मलको चरम अभाव थियो। जसोतसो ऋण लिएर भएपनि रोपिएको धानबाली पहेंलो हुँदै गएर बोट सुक्ने गरेको गोडैता नगरपालिकाका किसान जोगी मुखियाले प्रतीकलाई बताए।
तीनै तहका सरकारले किसानको समस्यालाई नहेरेको मुखियाको आरोप छ। तीनै तहका सरकारले किसानलाई वास्ता नगरेको धान किसानहरूको गुनासो छ।
समयमा मल, बीउ, कीटनाशक औषधि र प्राविधिक सेवा मात्रै सरकारले सहज गरिदिए कृषि क्षेत्रका लागि ठूलै राहत हुने किसानहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here