दुई पक्षबीच कुटाकुट, एकजना घाइते

0
254

प्रस, पर्सागढी, ९ भदौ/
    पर्सागढी नगरपालिका–७ फूलवरियामा दुई पक्षबीच भएको झगडामा एकजना घाइते भएका छन्।
    नालाको विषयलाई लिएर श्रीनिवास मिश्र र रोहण अन्सारीबीच विवाद भई मारपीटमा परिणत भएको थियो। मारपीटको क्रममा रोहण अन्सारी घाइते भएको र उनलाई उपचारको लागि नारायणी वयोधा अस्पताल लगिएको प्रहरीले जनाएको छ। पछि घाइते अन्सारीका परिवारजनले मिश्रको घरमा तोडफोड गरेका थिए। दुवै पक्षको झगडा साम्य पार्न इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली, एकटाँगा, प्रहरी चौकी मनवा, बडनिहारको टोली खट्नुपरेको थियो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here