नगरप्रमुखको पिसिआर परीक्षण नेगेटिभ

0
227

प्रस, परवानीपुर, ८ भदौ/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। साउन १४ गते सङ्क्रमित भएका नगरप्रमुख सरावगीको नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्ष्Fण रिपोर्ट भदौ ७ गते नेगेटिभ आएको हो।
नगरप्रमुख सरावगीले सामाजिक सञ्जालमार्फत् रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका छन्। उनले आफू र परिवारका सदस्यहरू सङ्क्रमित भएकामा बुबाबाहेक सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन्। नगरप्रमुखका बुबाको अहिले पनि काठमाडौंमा उपचार भइरहेको छ।
नगरप्रमुख सरावगी कामविशेषले काठमाडौं गएको बेला अस्वस्थ भएको र पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि त्यही आइसोलेट भएका थिए।
नगरप्रमुख सङ्क्रमित भएपछि चारजना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोलगायत महानगरका ७१ जना कर्मचारी सङ्क्रमित भएका थिए। अहिले सङ्क्रमितमध्ये महानगरपालिकाका ६९ जनाको पिसिआर परीक्षण नेगेटिभ आइसकेको छ भने दुईजना मात्र सङ्क्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here