सङ्क्रमितको कारण गाउँ त्रासमय

0
197

प्रस, वीरगंज, ८ भदौ/
पकाहामैनपुर गाउँपालिकाको धोरेमा तीनजना सङ्क्रमित भएपछि गाउँमा त्रासमय वातावरण सृजना भएको छ।
सङ्क्रमितहरू गाउँपालिकाले बनाएको आइसोलेशनमा नबसी घरमैं बस्न थालेपछि छिमेकीलगायत गाउँमा त्रासमय वातावरण सृजना भएको स्थानीयले बताए।
प्रहरीले तीनजना सङ्क्रमितको घरमा पोस्टर टाँसेको छ। सङ्क्रमितहरूलाई कम्तीमा १४ दिन घरभित्र बस्न भनिएकोमा उनीहरू गाउँमा डुल्ने, टोलमा रहेको एउटा मात्र धारामा जाने, नुहाउनेलगायतका क्रियाकलाप गरेपछि गाउँमा जोखिम बढ्न सक्ने स्थानीयले गुनासो गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here