५० जना सङ्क्रमित थपिए

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३० साउन/
पर्सा, बारा र महोत्तरीमा शुक्रवार ५० जना सङ्क्रमित थपिएका छन्। नारायणी प्रयोगशालाले सार्वजनिक गरेको सूचीमा बाराका २१ जना, महोत्तरीका २ जना र पर्साका २७ जनामा सङ्क्रमण पुष्टि भएका छन्।
सङ्क्रमण पुष्टि हुनेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमराको क्वारेन्टाइनमा रहेका १९ जना छन्। २ वर्षीय बालकदेखि ५४ वर्षीय पुरुषसम्म १९ जना सङ्क्रमित छन्। यी सबै सङ्क्रमित कन्ट्याक्ट टे«सिङमा परेका हुन्। महोत्तरीको जलेश्वरमा एकजना ३७ वर्षीया महिला चिकित्सक र चार वर्षीय बालक सङ्क्रमित छन्।
यसैगरी, पर्सामा सबैभन्दा बढी नारायणी अस्पतालका सङ्क्रमित छन्। अस्पतालका एकजना चिकित्सक, तीनजना सरसफाइकर्मी, तीनजना सुरक्षागार्ड र पाँचजना अन्य विभागका गरी बा–हजना छन्। सङ्क्रमित हुनेमा रक्त सञ्चार केन्द्र वीरगंजमा कार्यरत एकजना कार्यालय सहायक पनि छन्।
यसैगरी, नेकपा पर्साका युवा नेता वीरगंज, घडीअर्वा निवासी प्रभाकर गुप्ता पनि सङ्क्रमित भएका छन्। यसको अलावा वीरगंज महानगरको वडा नं. २, ४, ८, १०, ११, १३, १४, १५ र २५ नं. वडाका सङ्क्रमितहरू छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस