प्रस, रौतहट, ३० साउन/
    बौधीमाई नगरपालिका–१ मा राहत वितरण गरिएको छ। वडा नं १ अजगैवीका वडाध्यक्ष गुदरराय यादवले सामाजिक दूरी कायम गरी राहत वितरण गरेका थिए।
    अजगैवीमा प्रदेश सरकारबाट दुई महीनाअघि उपलब्ध भएको राहत स्थानीयलाई वितरण  गरिएको हो। निषेधाज्ञाको कारण गरीब विपन्न परिवारहरूलाई खानका लागि धौधौ परिरहेको अवस्थामा वडाध्यक्षले घरेलु तथा साना उद्योगबाट ६५ वटा पैकेट राहत बुझी बिहीवार वितरण गरेका थिए। राहतस्वरूप वडाको अजगैवी टोलका ११० जना गरीब विपन्न परिवारलाई राहत वितरण गरिएको थियोे। प्रदेश सरकारबाट ६५ परिवार र वडा कार्यालयबाट थप ४५ परिवार गरी कुल ११० परिवारलाई राहत वितरण गरिएको हो। प्रतिपरिवार चामल १५ किलो, दाल १ किलो, साबुन एउटा, खानेतेल, सोयाबिन ५ सय ग्राम, नून १ किलो वितरण गरिएको वडाध्यक्ष यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here