आशारामलाई कोभिड बनाउँदा स्थानीयको विरोध

0
254


प्रस, वीरगंज, ६ भदौ/
वीरगंज महानगरपालिकाको पानीटङ्की चोकस्थित आशाराम हस्पिटललाई काभिड हस्पिटल बनाउने विषयमा स्थानीयले विरोध गरेका छन्।
घनाबस्तीको बीचमा रहेको अस्पतालमा कोरोना सङ्क्रमितलाई राख्न नमिल्ने भन्दै स्थानीयहरूले शनिवार बिहान विरोध प्रदर्शन गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थितिलाई साम्य पारेको थियो। वीरगंजमा बढ्दो सङ्क्रमितको व्यवस्थापनका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको टोली अस्पतालमा पुग्दा स्थानीयहरूले विरोध गरेका थिए। स्थानीयको विरोधलाई प्रहरीले साम्य पारेपछि केन्द्रका अध्यक्ष प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र अस्पताल पक्षबीच कोभिड अस्पताल सञ्चालनका लागि लिखित सम्झौता भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here