प्रस, निजगढ, २९ साउन/
बिहीवार बिहान करीब ८ः३० बजे राजमार्गको निजगढ बजारस्थित बसपार्क सडकबाट मोटरसाइकल चलाउँदै आएका चारजनामध्ये दुईजनाले दुईवटा पेस्तोल तेर्साउँदै गुडिरहेको अर्को मोटरसाइकलबाट एकजनालाई थुते । करीब ३८ वर्ष उमेरका जस्तो देखिने युवकलाई मोटरसाइकलबाट थुतेर सडकमा घोप्टो पार्दै चारजनाको समूहले कुटपीट गर्दै नियन्त्रणमा लिए ।
एकैछिनमा आसपासका स्थानीयहरू जम्मा भए । करीब डेढ सयको सङ्ख्यामा क्षणभरमैं स्थानीयको भीड जम्मा भयो । कुटिने र कुट्ने सबैलाई स्थानीय भीडले घेरा हाले । किन ? कुटेको भन्दै उनीहरूलाई ¥याख¥याख्ती पारे । नियन्त्रणमा लिएको पुरुषलाई चारजनाको समूहबाट खोसौझैं गरेर स्थानीय झम्टिन खोजे । एकैछिनमा जम्मा भएको त्यत्रो भीडले आपूmहरूमाथि नै हातपात गर्ने हुन् कि भन्ने त्रासले होला शायद पछाडि रहेका एकजना सादा पोशाकका व्यक्तिले भीडतर्पm पेस्तोल तेर्साउँदै भने, “अगाडि नबढनुस् हामी प्रहरी हौं । आरोपितलाई समातेका छौं ।” उनीहरूले आपूmहरू जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोली हो भनेर मौखिक परिचय दिए । तर भीडले सहजै पत्याउन सकेन ।
प्रहरीको नाममा अपराधी पनि हुन सक्छ । “पहिले सक्लली प्रहरी आओस्, अनिमात्र हामी विश्वास गर्छौं,”ं घेराउ गरिरहेका स्थानीयले भने । यत्तिकैमा भीडमध्येका कसैले इलाका प्रहरी कार्यालय निजगढमा खबर गरेपछि इप्रकाबाट प्रहरी निरीक्षक विकास थपलिया तुरुन्तै घटनास्थलमा आइपुगे । प्रनि थपलियाले सक्कली प्रहरी रहेको पुष्टि गर्दै पक्राउ परेका ती पुरुषलाई भ्यानमा राखी निजगढ प्रहरी कार्यालय लगे ।
घटनास्थल पुगेका र एकैछिन अघि कलाकारहरूले फिल्ममा गरेका क्रियाकलाप जस्तै देखिएका दृश्यलाई सम्झँदै स्थानीयहरूले कानूनी नजरमा दोषी रहेको मानिसलाई पक्राउ गरेका रहेछन् “धन्यवाद प्रहरी” भन्दै सबै आआप्mनो घर फर्के । यसरी फिल्मी शैलीमा पक्राउ परेका बारा प्रस्टोका–२ हरपुरका इल्ताफ हुसेन अन्सारी रहेका छन् । उनी काठमाडौंमा फेला परेको १५ किलो नक्कली सुनकाण्डका मुख्य अभियुक्त रहेको प्रहरीको आरोप छ ।
भारतीय नक्कली नोटको कारोबारी तथा अवैध सुनको ओसारपोसार अभियोगमा पनि प्रहरीले अन्सारीलाई पहिलेदेखि नै खोजी सूचीमा राखेको थियो । पछिल्लोपटक काठमाडौंमा १५ किलो नक्कली सुन प्रकरणमा अन्सारीको स्कार्पियो गाडी प्रयोग भएको प्रहरीले सार्वजनिक गरेको थियो ।