प्रस, वीरगंज, २९ साउन/
पर्सा र बारामा दुई दिनमा ३९ जना सङ्क्रमित थपिएका छन् । नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट साउन २७ र २८ गते गरी दुई दिनमा ३९ जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । थपिएका सङ्क्रमितमा बाराका एकजना र बाँकी ३८ जना पर्सा जिल्लाका छन् । पर्सामा छिपहरमाई गापाका दुईजना र बाँकी ३६ जना वीरगंज महानगरका छन् । अधिकांश सङ्क्रमित कन्ट्याक्ट टे«सिङमा परेका हुन् । वीरगंजका सङ्क्रमितहरूमध्ये ३० जना नेपाल रेलवे माविमा कन्ट्याक्ट टे«सिड्ढो आधारमा स्वाब नमूना दिएकाहरू हुन् ।
साउन २८ गतेको रिपोर्टपछि पर्सा जिल्लामा मात्रै सङ्क्रमितहरू सङ्ख्या १ हजार १४४ पुगेको छ । अहिलेसम्म पुष्टि भएका पर्साका सङ्क्रमितमा भारतीय नागरिक १५ जना छन् भने चिकित्सक, स्वास्थ्यकर्मी, सफाइ कर्मचारी गरी ८२ जना, सुरक्षाकर्मी ५७ जना, सञ्चारकर्मी चारजना, कैदीबन्दी, थुनुवा गरी ८३ जना छन् । अहिलेसम्म पर्सा जिल्लामा मात्रै १९ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ भने वीरगंजमा बारा र रौतहटका सङ्क्रमित तीनजनाको मृत्यु गणना गर्दा २२ पुग्छ ।