पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी

154

प्रस, वीरगंज, २९ साउन/
पर्सा र बारामा साउन ३२ गतेदेखि पेट्रोलियम पदार्थको बिक्री बन्द हुने भएको छ ।

वीरगंज पेट्रोलियम डिलर एशोसिएशन र बारा पेट्रोलियम डिलर एशोसिएशनका अध्यक्षद्वय विनोद चौरसिया र सुरेन्द्र श्रीवास्तवले पेट्रोलियम पदार्थ साउन ३२ गतेदेखि उपलब्ध गराउन नसकिने बताएका छन् ।

उनीहरूले पर्सा र बारामा निषेधाज्ञा जारी रहेको अवस्थामा बैंक सेवा उपलब्ध नभएकोले समस्या भएको भन्दै साउन ३२ गतेदेखि सेवा बन्द गर्ने बताएका छन् ।
अध्यक्षद्वय चौरसिया र श्रीवास्तवले बैंक सेवा उपलब्ध नहुँदा नेपाल आयल निगममा बुझाउनुपर्ने रकम चपुर, हरिवन, अमलेखगंज, हेटौंडा र काठमाडौंका बैंकमा भौचर पठाउनुपर्ने बाध्यता रहेको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्