सिम्रौनगढमा सचेतनामूलक कार्यक्रम

0
209

प्रस, सिम्रौनगढ, ६ भदौ/
बाराको सिम्रौनगढ नगरपालिका–२ रानीवासमा शनिवार जिपी फाउन्डेशनले सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली काङ्ग्रेसका सल्लाहकार सूर्यप्रसाद सहनी र शम्भुप्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेशन बाराका संयोजक चन्द्रिकाप्रसाद गुप्ता, नेका महासमिति सदस्य मदन कुशवाहा, हरेन्द्रप्रसाद कुशवाहा, धर्मेन्द्रप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
सचेतना कार्यक्रममा कोभिड–१९ महामारीबाट बच्न सुरक्षित रहनुपर्ने तरीकाबारे जानकारी गराइएको थियो। कार्यक्रमको सञ्चालन मदनप्रसादले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here