कृष्णाष्टमीमा सार्वजनिक बिदा

0
238

प्रस, जनकपुरधाम, ४ भदौ/
    हिन्दू धर्मावलम्बीहरूको पर्व श्रीकृष्ण जन्माष्टमीका दिन प्रदेश २ मा  सार्वजनिक बिदा दिइने भएको छ।         
    मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रदेश सरकारले क्यालेन्डरमैं श्रीकृष्ण जन्माष्टमीको बिदा उल्लेख गरिसकेकोले सो दिन बिदा दिने बताएका छन्। यसपटक श्रीकृष्ण जन्माष्टमी भदौ ६ गते शुक्रवार परेको छ।
    श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधवार ज्ञापनपत्र बुझाएको थियो। सो सम्बन्धमा मुख्यमन्त्री गद्दीले यसअघि नै प्रदेश सरकारले क्यालेन्डरमा यो पर्वको बिदा सम्बोधन गरिसकेको बताए। धर्म संस्कृतिको संवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री गद्दीले दोहो–याएका छन्। उनले श्रीकृष्ण जन्माष्टमी जस्तो महान् पर्वमा सङ्घीय सरकारले समेत बिदा दिनुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here