बलिराम शुक्ला, बिरुवागुठी, २७ साउन/
पर्सागढी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरू दुई सातादेखि बन्द हुँदा सामान्य बिरामी भएकाहरूले समस्या भोग्नुपरेको छ ।
स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएपछि यहाँको स्वास्थ्य सेवा बन्द गरिएको थियो । साउन ७ गते एकजना र साउन ११ गते पाँचजना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सूचना प्रकाशित गरेरै चारवटा प्राथमिक स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा बन्द गरेको थियो ।
स्वास्थ्य शाखा प्रमुख योगेन्द्रप्रसाद पञ्जियारले सङ्क्रमितहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र सेवा सुचारु गरिने जानकारी गराएका थिए । तर सङ्क्रमित स्वास्थ्यकर्मीहरूको पिसिआर रिपोर्ट साउन २४ गते नेगेटिभ आए पनि अहिलेसम्म सेवा सञ्चालन हुन सकेको छैन ।
गर्मीयाममा पर्सागढी र आसपासका क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, टाउको, जीउ दुख्ने जस्ता समस्या भएका बिरामीहरूको सङ्ख्या बढ्दो छ । कोरोनाको लक्षणसँग मिल्दोजुल्दो ज्वरो, रुघाखोकी, झाडापखालाका बिरामीहरू लकडाउन शुरू भएर कोरोनाको बारेमा व्यापक प्रचारप्रसार भएसँगै स्वास्थ्य चौकी जान छाडेका छन् । कमै सङ्ख्यामा यस्ता सङ्क्रमणको लक्षणसँग मिल्दोजुल्दो बिरामीहरू उपचारका लागि स्वास्थ्य चौकी, केन्द्रमा जाने गर्छन् । यसअलावा नियमित परीक्षणमा रहेका गर्भवती महिला, दीर्घरोगीहरू पनि समस्यामा परेका छन् ।
नगरपालिकाको सेवा बन्द छ र अन्यत्र यस प्रकारका रोगीहरूलाई चेकजाँच नै गरिन्न । आप्mनो पालिकामा सेवा लिनु भनेर फर्काउने गरिन्छ । स्थानीय कृष्ण पौडेल स्वास्थ्य सेवा अन्य विकल्प तयार गरेर भएपनि सञ्चालनमा ल्याउनुपर्ने बताउँछन् । अहिलेको अवस्थामा सेवा बन्द गर्दा थुप्रै समस्या झेल्नुपरेको उनको भनाइ छ ।
स्वास्थ्य शाखा प्रमुख पञ्जियारले अविलम्ब सेवा सुचारु गर्नेतर्पm तयारी भएको बताए । उनले एकाध दिनमा सेवा सुचारु गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here