प्रस, वीरगंज, २६ साउन/
कोरोना सङ्क्रमण र वीरगंजको पछिल्लो अवस्थाबारे नागरिक समाज वीरगंजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका संयोजक डा दीपक शाक्यले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालमा आइतवार भएको प्रदर्शन तथा घटनाप्रति निन्दा गरेका छन् । विश्वमैं महामारी पैmलिएको वर्तमान चुनौतीपूर्ण अवस्थामा आपूm र अरूलाई समेत बचाउनतर्पm सबैजनाको ध्यान केन्द्रित हुनुपर्ने भन्दै होहल्लाको पछि नलाग्न, आक्रोशित अभिव्यक्तिहरू नदिन र घरपरिवार एवं समाजमा समेत शान्त, शालिन र सौहाद्रपूर्ण वातावरण कायम गर्न सके मात्रै महामारीमाथि विजयी प्राप्त गर्न सकिने समाजको धारणा छ ।
पछिल्लोपटक वीरगंजमा उपचारै नपाएर मानिसले ज्यान गुमाउनुपर्ने
अति नै अप्रिय घटना रहेको र यस चुनौतीपूर्ण अवस्थामा आवेग, आक्रोशभन्दा पनि समाजका प्रतिनिधि, तीनै तहका सरकार एवं सामाजिक सङ्घसंस्थाहरूबीच समन्वय, सहकार्य र एकबद्धताका साथ अगाडि बढ्न आग्रह गर्दै विभिन्न ९ बुँदे प्रस्ताव अगाडि सारेको छ ।
नागरिक समाजले अगाडि सारेका प्रस्तावहरूमा नारायणी अस्पताललाई जेनरल अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने, सबै सरकारी तथा निजी अस्पतालहरूले स्वास्थ्य सतर्कताका साथ बिरामीलाई सेवा प्रदान गर्नुपर्ने, अस्पताललगायत मानिसको भीडभाड हुने स्थानहरूमा विसङ्क्रमित गर्नुपर्ने, मृत्यु भएकाहरूको धर्म संस्कार अनुसार अन्तिम संस्कार गर्ने वातावरण बनाउनुपर्ने, सीमा नाका कडाइका साथ बन्द गर्नुपर्नेलगायत छन् ।
उक्त माग पूरा गर्नका लागि विशेषगरी सङ्घ सरकार, सङ्घ सरकारको प्रतिनिधि जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, निजी अस्पताल, सर्वसाधारणलगायत सबै सरोकारावालाहरू संवेदनशील हुनुपर्नेमा नागरिक समाजले जोड दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here