स्वास्थ्य सामग्री हस्तान्तरण

0
206

प्रस, रौतहट, २ भदौ/
नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई अभियान नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई सेनिटाइजर सय थान र सर्जिकल मास्क २५० थान हस्तान्तरण गरिएको हो।
कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षाका लागि अभियान नेपालका फाइनान्स कोअर्डिनेटर जितेन्द्र कुशवाहाले सचिव श्रेष्ठलाई सो सामग्री हस्तान्तरण गरेका हुन्।
यसैगरी, सामुदायिक शक्तिले ९ सय थान सर्जिकल मास्क र ७५ थान सेनिटाइजर महासङ्घलाई प्रदान गरेको छ। संस्थाका अध्यक्ष मिथिलेश झाले सो सामग्री महासङ्घका सचिव श्रेष्ठलाई प्रदान गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here