गर्भवतीको हत्या अभियोगमा पति र सासू पक्राउ

0
226

प्रस, सिराहा, २ भदौ/
सिराहा जिल्लाको सिराहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा प्रहरीले मृतकका पति २० वर्षीय धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई पक्राउ गरेको छ।
गर्भवती अवस्थाकी कुलतीदेवीलाई उनकै पति र सासू मिलेर हत्या गरेको अभियोग छ। करीब तीन महीनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपीट गरी हत्या गरेको भन्दै मृतकका बुबा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि सोही आधारमा अनुसन्धानका लागि मृतकका पति र सासूलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले मङ्गलवार सञ्चारकर्मीलाई जानकारी दिएका छन्।
पक्राउ परेका आमा र छोरामाथि कर्तव्यज्यानसम्बन्धी मुद्दामा अनुसन्धान शुरू भएको र प्रारम्भिक अनुसन्धानमा पनि गर्भवती महिलाको हत्या नै भएको हुन सक्ने लक्षणहरू देखिएको अनुसन्धान टोलीका अधिकारीहरूले नाम नलेख्ने शर्तमा बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here