प्रस, परवानीपुर, २५ साउन/
वीरगंज महानगर–२१ सुखचैनामा रहेको गीता–गजेन्द्रराज जोशी माध्यमिक विद्यालयको पोखरी आगामी पाँच वर्षको लागि १५ लाख ५६ हजार रुपैयाँमा ठेक्का सकार भएको छ।
सामाजिक दूरी कायम गरी विद्यालय परिसरमा पोखरीको ठेक्का डाँक बडाबडमा ठेकेदार सञ्जय साहले सकार गरेका छन्।
डाँक बडाबडमा दोस्रो श्यामसुन्दर प्रसादले १४ लाख ५ हजार र तेस्रोमा कपिलदेव साहले १४ लाख रुपैयाँको बोली लगाएका थिए। डाँक बडाबडमा १९ जना ठेकेदारबीच प्रतिस्पर्धा भएको थियो।
सामाजिक दूरी कायम गरी पोखरीको ठेक्का प्रक्रिया पूरा गरिएको विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहले जानकारी गराए। करीब एक विघा क्षेत्रफलमा रहेको पोखरीको ठेक्का न्यूनतम १० लाख ५ हजार रुपैयाँ तोकिएको थियो। आगामी भदौ १ गतेदेखि ५ वर्षको लागि ठेक्का तोकिएको हो।