बहुदरमाई नपाका प्रमुखसहित ५५ जना सङ्क्रमित थपिए

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ साउन/
नारायणी प्रयोगशालामा शनिवार ५५ जना सङ्क्रमित पुष्टि भएका छन्।
कोरोना सङ्क्रमण पुष्टि हुनेमा बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह, वडाध्यक्षलगायत छन। कन्ट्याक्ट टे«सिङबाट नगरप्रमुख साह, वडाध्यक्षलगायतलाई सङ्क्रमण भएको प्रयोगशालाले जनाएको छ।
यसैगरी, आज सङ्क्रमित हुने बहुदरमाई नपाकै अधिकांश छन् भने निजी खर्चमा पिसिआर परीक्षण गराएका सातजनामा पनि सङ्क्रमण पुष्टि भएको छ। नारायणी प्रयोगशालाका एकजना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पुष्टि भएको छ।
दुगड समूहमा काम गर्ने दुईजना कर्मचारी पनि सङ्क्रमित भएका छन्। शुक्रवार बिहान कोभिड अस्थायी अस्पताल गण्डकमा मृत्यु भएका ७४ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ। श्वासप्रश्वासको समस्याले बिहीवार राति सो अस्पतालमा भर्ना भएका वीरगंज महानगर–३ छपकैया निवासी ७४ वर्षीय पुरुषमा मृत्यु भएको २४ घण्टापछि सङ्क्रमण पुष्टि भएको हो। ५५ जना सङ्क्रमितमा ८ जना महिला छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस