१९ क्युफिट काठसहित एकजना पक्राउ

144

प्रस, पर्सागढी, २४ साउन/
सुरक्षाकर्मी र वनकर्मीहरूको संयुक्त छापामारीबाट पर्सागढी नगरपालिकाको झबराहा टोलबाट १९ क्युफिट सालको चिर्पट र गोलिया काठ बरामद भएको छ।
पर्सागढी नपा–३ झबराहामा शनिवार बिहान सबडिभिजन वन कार्यालय सबैया, सशस्त्र प्रहरी बेस क्याम्प सोलखपुर र प्रहरी चौकी बिरुवागुठीको संयुक्त टोलीले स्थानीय केदार कार्कीको घरमा छापामारी गर्दा त्यहाँबाट १९ क्युफिट सालको चिर्पट, गोलिया बरामद भएको सबैया साझेदारी वनका संयोजक लखनलाल साहले बताए। कार्कीको घरबाट दुईवटा साइकल, तीन थान आरा पनि बरामद भएको छ। घरबाट काठ र काठ चिरान गर्ने आरा बरामद भएपछि कार्कीलाई पक्राउ गरिएको साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्