मल वितरण शुरू

0
356

प्रस, वीरगंज, १२ जेठ/
कृषि सामग्री कम्पनी लि. कलैया उपशाखाले मल बिक्री वितरण शुरू गरेको छ।
आइतवारदेखि जिल्लामा रहेका सबै सहकारीलाई आलोपालो गरेर मल बिक्री वितरण भइरहेको उपशाखा प्रमुख सीताराम श्रेष्ठले बताए। सामाजिक दूरी कायम गरेर आइतवार २५ भन्दा बढी सहकारीहरूलाई मलखाद वितरण गरिएको उनले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here