प्रस, रक्सौल, १२ जेठ/
रक्सौल बजारमा सबैथरीका पसल सञ्चालनमा आएका छन्। लकडाउन शुरू भएपछि लामो समयसम्म बन्द रहेका पसलहरू बिस्तारै खुल्नेक्रम जारी छ।
मे १९ देखि रक्सौल बजारमा रहेका पसलहरूलाई बिस्तारै सञ्चालनमा ल्याएको र अहिले सबैखाले पसल तोकिएको समय र दिनमा सञ्चालन भइरहेका जिल्ला अधिकारी कपिल शीर्षत अशोकले बताए। रक्सौलमा दैनिक उपभोग्यका वस्तुहरू खाद्यान्नमा किराना, दूध, मिठाइ, फलफूल, तरकारी, माछामासु र कृषिसम्बन्धी पसलहरू दैनिक बिहान ७ देखि साँझ ५ बजेसम्म खुला गर्न इजाजत दिइएको छ।
यसैगरी, सातामा चार दिन बिहान ५ देखि दिउँसो ३ बजेसम्म घडी, चश्मा, चप्पल, जुत्ता, कपडा, रेडिमेड, शृङ्गार, ग्यारेज, इलेक्ट्रोनिक, अटोमोबाइल, टायर, स्पेयर पाट्र्स र हार्डवेयरलगायतका पसलहरूलाई खोल्न इजाजत दिइएको छ। औषधिपसल भने चौबीसैं घण्टा सञ्चालन हुने गरेको छ।
यसैगरी, रक्सौल स्टेशनमा आगमन र वहिर्गमनको स्थान तोकिएको र बैरी केटिङ, सुरक्ष्Fा घेरा र सेनिटाइजरको व्यवस्था गरिएको छ। जून १ देखि रेलवे सेवा सञ्चालनमा आउन गइरहेको कारण स्टेशनमा तयारी गरिएको जिल्ला अधिकारी अशोकले बताए। उनले जून १ देखि देशभरि सञ्चालनमा आउने सयभन्दा बढी रेलसेवासँगै रक्सौल स्टेशनबाट सत्याग्रह रेल नियमित सञ्चालन हुने हँुदा सोअनुरूप तयारी भइरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here