क्वारेन्टाइनमा बस्नेहरूलाई खाद्यान्न सहयोग

0
310

प्रस, सेढवा, १२ जेठ/
जीराभवानी गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नेहरूको लागि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड सेढवा शाखाले खाद्यान्न सहयोग गरेको छ।
डिप्रोक्सले सोमवार जीराभवानी गापा अध्यक्ष रामप्रीत महतोलाई खाद्यान्न प्रदान गरेको हो। प्रदान गरिएको खाद्यान्नमा पच्चीस किलोग्राम तौलको अठार बोरा चामल र ७२ वटा साबुन रहेको डिप्रोक्सका शाखा प्रमुख हरिनारायण ठाकुरले बताए।
जीराभवानी गापाले सञ्चालन गरेको सेढवा माविको क्वारेन्टाइनमा ९२ र नौकाटोला माविको क्वारेन्टाइनमा १२ गरी १०४ जना क्वारेन्टाइनमा बसिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here