केराउसहित ट्रक नियन्त्रणमा

0
330

प्रस, वीरगंज, १२ जेठ/
वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगंज–१४ गण्डकबाट केराउ लोड एउटा ट्रक र सोको चालकलाई नियन्त्रणमा लिएको छ।
आइतवार साँझ सुराकीको आधारमा परवानीपुरबाट वीरगंजतर्पm आउँदै गरेको केराउ लोड ना.३ख ३५९१ नंको ट्रक र सोको चालकलाई नियन्त्रणमा लिएको हो।
आवश्यक कागजात देखाउन नसकेपछि ट्रकसहित करीब २१ टन
(४२० बोरा) केराउ र ट्रकचालक बारा निजगढ–८ बस्ने यमबहादुर दमाईलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिप्रका पर्साले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here