प्रस, वीरगंज, ७ जेठ/
जिल्ला निर्वाचन कार्यालय पर्साले २०८१ चैत मसान्तसम्म मतदाता नामावली अद्यावधि भएपछि पर्साको मतदाता सङ्ख्या सार्वजनिक गरेको छ ।
पर्सामा पुरुष एक लाख ९७ हजार २८०, महिला एक लाख ५३ हजार ३३१ गरी कुल तीन लाख ५२ हजार ७२८ जना मतदाता रहेको जनाएको छ ।
विगतको तुलनामा मतदाता सङ्ख्या घटबढ हुन सक्छ, किनभने दोहरो नामावली, बसाइँसराइ, थप, उजूरी, मृत्युका कारण मतदाता सङ्ख्यामा घटबढ भएको सो कार्यालयले जनाएको छ ।
सो कार्यालयले आफ्नो वेबसाइट तथा फेसबूक पेजमार्फत पर्साको कुल मतदाता सङ्ख्या सार्वजनिक गरेको छ ।
वीरगंज महानगरपालिकामा पुरुष ७५ हजार १६९, महिला ५७ हजार २२ गरी एक लाख ३२ हजार ३९३, बहुदरमाई नपामा पुरुष १४ हजार ६३०, महिला १० हजार ३६० गरी २४ हजार ९९३, पोखरिया नपामा पुरुष ११ हजार ४५३, महिला आठ हजार ५९० गरी २० हजार ४३, पर्सागढी नपामा पुरुष १२ हजार ५५८, महिला १० हजार ३९३ गरी २३ हजार ९५१ जना, पटेर्वासुगौली गापामा पुरुष सात हजार ७००, महिला छ हजार ३३३ गरी १४ हजार ३३ जना मतदाता रहेका छन् ।
त्यसैगरी, ठोरी गापामा पुरुष सात हजार ५८५, महिला सात हजार ९१ गरी १४ हजार ६७६ जना, जीराभवानी गापामा पुरुष छ हजार ६४२, महिला छ हजार ६१९ गरी १४ हजार २६४ जना, कालिकामाई गापामा पुरुष सात हजार ५१३, महिला पाँच हजार ७६९ गरी १३ हजार २८२ जना, सखुवाप्रसौनी गापामा पुरुष ११ हजार ३१९, महिला आठ हजार २४ गरी २० हजार १४४ जना, विन्ध्यवासिनी गापामा पुरुष आठ हजार ७२०, महिला छ हजार ४६ गरी १५ हजार १८८, पकाहामैनपुर गापामा पुरुष सात हजार १९६, महिला पाँच हजार ३९३ गरी १२ हजार ५९२ जना, धोबिनी गापामा पुरुष छ हजार ९५, महिला पाँच हजार ४४० गरी १२ हजार ४२४ जना, छिपहरमाई गापामा पुरुष नौ हजार १२७, महिला छ हजार ८४४ गरी १५ हजार ९७२ जना, जगरनाथपुर गापामा पुरुष १० हजार ६८५, महिला सात हजार ९८७ गरी १८ हजार ६७२ जना मतदाता रहेका छन् ।


