• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
20 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

१६ जना सङ्क्रमित भएपछि पोखरिया अस्पताल ठप्प

प्रतीक दैनिक by प्रतीक दैनिक
August 23, 2020
in प्रमुख समाचार
0 0
0
१६ जना सङ्क्रमित भएपछि पोखरिया अस्पताल ठप्प
0
SHARES
2
VIEWS
Share on Facebook

१६ जना सङ्क्रमित भएपछि पोखरिया अस्पताल ठप्प
प्रस, पोखरिया, ७ भदौ/
पोखरिया अस्पतालमा कार्यरत २५ जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीमध्ये १६ जना सङ्क्रमित भएपछि अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द भएको छ।
मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवसहित चारजना चिकित्सक, अहेब, अनमी, स्टाफ नर्स एक/एक जना, फार्मेसीका चारजना कर्मचारी, दुर्ईजना कार्यालय सहयोगी, एकजना सफाइ कर्मचारी र एकजना चालक गरी १६ जना सङ्क्रमित भएका छन्।
साउन २३ र २५ गते सङ्क्रमित भएका उनीहरूमध्ये चारजना चिकित्सक, चारजना स्वास्थ्यकर्मीसमेत नौजना अस्पतालको क्वार्टरमा आइसोलेट भएका छन् भने सातजना अस्पतालको आइसोलेशनमा भर्ना छन्। सङ्क्रमित सबैजनामा कोरोनाको लक्षण देखिएको छैन।
पोखरियामा कुल ६२ जना सङ्क्रमित
पोखरिया नगरपालिकामा अहिले कुल ६२ जना सङ्क्रमित छन्। नगरप्रमुख दीपनारायण रौनियारसहित उनका परिवारजन, ६ जना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, नगरप्रमुखका स्वकीय सचिव गरेर ६२ जना सङ्क्रमित छन्। सङ्क्रमितमध्ये २६ जना पोखरिया अस्पतालको आइसोलेशनमा र नौजना क्वार्टरमा आइसोलेट छन् भने ३१ जना घरमा आइसोलेट छन्। घरमा आइसोलेट हुनेमा नगरप्रमुख रौनियार र उनका परिवारजन, दुईजना वडाध्यक्ष, स्वकीय सचिवसमेत ३१ जना छन्।
आइसोलेशन र खाजा/खानामा परिवर्तन
पोखरिया अस्पतालमा रहेको आइसोलेशन र त्यहाँका सङ्क्रमितलाई दिइने खाजा/खानामा अहिले परिवर्तन गरिएको छ। साउन २३ गतेदेखि पोखरिया अस्पतालले २५ शøयाको आइसोलेशन सञ्चालनमा ल्याएको हो। प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित आइसोलेशनमा खाजा/खानाको व्यवस्थापन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष लछुमनसाह कानूले गराएका थिए। दुर्ई समय खाजा र दुई समय शाकाहारी खानाको व्यवस्था गरिएको थियो। तर साउन २५ गते कानूसमेत ६ जना वडाध्यक्ष सङ्क्रमित भएर चारजना अस्पतालको आइसोलेशनमा भर्ना भएपछि आइसोलेशनमा खाजा र खानामा परिवर्तन भएको छ।
नयाँ सञ्चालित आइसोलेशनमा चारवटा कोठा छन्, जसमा २५ शøया छ। त्यहा प्रत्येक कोठामा चारवटा पङ्खा जडान गरिएको थियो। अहिले थप चारवटा पङ्खा जडान गरिएको छ। सिलिङ पङ्खाको हावा पर्याप्त नभएको भन्दै वडाध्यक्षहरूको दबाबमा स्ट्यान्ड पङ्खा जडान गरिएको छ। यसैगरी, २५ शøयाको आइसोलेशनमा एक शøया थप गरी २६ शøयाको बनाइएको छ। यसका साथै खाजा र खानाको मेनु पनि परिवर्तन गरिएको छ। बिहानको नास्तामा दूध, पाउरोटी र साँझको नास्तामा कहिले पुरी/तरकारी, कहिले भुजा/पकौडा दिने गरिएकोमा वडाध्यक्षहरू भर्ना भएपछि बिहान चिया, पाउरोटी त्यसपछि रोटी, चना/पनिरको तरकारी, अन्डा, स्याउ र दूधको व्यवस्था गरिएको छ।
यसैगरी, सातामा दुईपटक मांसहारी भोजनको व्यवस्था गरिएको छ। यसबाहेक पाँच दिन शाकाहारी खानामा तीन थोक तरकारी, पापड, सलादको पनि व्यवस्था गरिएको छ। कोरोनासँग लड्नका लागि तागतिलो खाना खानुपर्ने वडाध्यक्षहरूको भनाइ छ। वडाध्यक्षहरूको कारण आइसोलेशनमा भर्ना भएकाहरूलाई अहिले खाजा र खानाको राम्रो प्रबन्ध भएको छ।

Previous Post

१५६ जना सङ्क्रमित थपिए

Next Post

२०७७ भदौ ०८ गते सोमवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ ०८ गते सोमवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.