• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

१४ घण्टाभित्र सङ्क्रमित गर्भवती महिलासहित चारजनाको मृत्यु

प्रतीक दैनिक by प्रतीक दैनिक
August 27, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, ११ भदौ/
    वीरगंजका दुईवटा अस्पतालमा पछिल्लो १४ घण्टामा चारजनाको मृत्यु भएको छ।
    मृत्यु हुनेमा तीनजना कोभिड– १९ का उपचाररत बिरामी हुन् भने एकजनाको शङ्कास्पद मृत्यु भएको छ। बुधवार साँझ ६ बजेर २२ मिनेटदेखि बिहीवार बिहान साढे ८ बजेसम्म चारजनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराएका छन्।
    हिजो साँझ ६ बजेर २२ मिनेटमा नारायणी अस्पतालमा धोबिनी गापा–३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो भने हिजै राति ८ बजे रौतहट, राजदेवी नगरपालिका मुडबलवाका ८० वर्षीय वृद्धको शङ्कास्पद मृत्यु भएको थियो।
    बिहीवार बिहान साढे ६ बजे बारा, हर्दिया–४ की २३ वर्षीया कोरोना सङ्क्रमित गर्भवती महिलाको मृत्यु भएको उनले बताए। यी तीनैजनाको नारायणी अस्पतालमा मृत्यु भएको हो भने एकजनाको बिहीवार बिहान साढे ८ बजे वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
    वीरगंज–१४ बहुअरीका ६२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा चौरसियाले जानकारी गराए।
    रौतहटका ८० वर्षीय वृद्धको रिपोर्ट आउन बाँकी छ भने बाँकी तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएर उपचार भइरहेको थियो। पर्सा, धोबिनीका व्यक्ति भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएका र भदौ ९ गते उनको पोजेटिभ रिपोर्ट आएको थियो भने उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या तथा निमोनियाको लक्षण देखिएको थियो। बाराकी ३३ हप्ताकी गर्भवती महिलामा पनि निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको नारायणी अस्पतालमा चिकित्सक डा उदयनारायण सिंहले जानकारी गराएका छन्।
    वीरगंज हेल्थकेयरमा मृत्यु भएका ६२ वर्षीय वृद्ध मिर्गौलारोगी हुन्। उनले एक वर्षदेखि नियमित डायलासिस गराउँदै आएका थिए। उनी साउन ३० गते  वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा भर्ना भई उपचार गराइरहेका थिए। रौतहटका शङ्कास्पद मृत्यु भएका वृद्ध भदौ ९ गते नारायणी अस्पतालमा भर्ना भएका थिए।
    ३३ हप्ते गर्भवतीको मृत्युले निकै चिन्तित तुल्याएको डा उदयनारायण सिंहले बताए– “कोरोनाले कसको ज्यान लिन्छ, यकीन गर्न गा–हो छ, त्यस कारण जनचेतना र अनुशासन पालना गर्न अनुरोध गर्छु।”
    यससँगै पर्सामा कोरोनाबाट मृत्यु  हुनेकोे सङ्ख्या ३४ पुगेको छ। जसमा दुईजना भारतीय र एउटा बेवारिसे लाश पनि छ। त्यसैगरी, वीरगंजका विभिन्न अस्पतालमा उपचारको क्रममा बाराका ११, रौतहटका २ जना गरी कुल ४७ जनाको मृत्यु भएको छ।

Previous Post

वीरगंजमा ५१० नमूना परीक्षणमा ३३ जना सङ्क्रमित

Next Post

राजविराजमा फूड बैंक सञ्चालन

Next Post

राजविराजमा फूड बैंक सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.