प्रस, जीतपुर, ८ जेठ/
आन्तरिक राजस्व कार्यालय सिमरा, बाराले चालू आव २०८१/८२ को १० महीनामा रु १२ अर्ब ९५ करोड ४० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय सिमरा, बाराका सूचना अधिकारी वसन्त नेपालले चालू आवको साउनदेखि वैशाखसम्म १० महीना अवधिमा रु १२ अर्ब ९५ करोड ४० लाख ११ हजार राजस्व सङ्कलन भएको बताए ।
उनले आयकरतर्फ रु ५७ करोड ६५ लाख ३२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ८५ करोड ९० लाख ७५ हजार, अन्तःशुल्कतर्फ आठ अर्ब ९८ करोड ९२ लाख २० हजार, बहाल करतर्फ रु ९३ लाख २१ हजार, ब्याजकरतर्फ रु तीन करोड ५३ लाख १९ हजार, स्वास्थ्य सेवाकरतर्फ रु दुई अर्ब ४८ करोड ४५ लाख २० हजार र अन्य करतर्फ २४ हजार गरी रु १२ अर्ब ९५ करोड ४० लाख ११ हजार राजस्व सङ्कलन भएको बताए ।
