• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

होम आइसोलेशनमा बसेकाहरू राम भरोसे

प्रतीक दैनिक by प्रतीक दैनिक
August 9, 2020
in स्थानीय
0 0
0
होम आइसोलेशनमा बसेकाहरू राम भरोसे
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २४ साउन/
वीरगंज महानगरपालिका र पर्सा जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। सङ्क्रमितहरू बढेसँगै उनीहरूलाई आइसोलेशनमा राख्ने र आइसोलेशनबाहिर घरमा आइसोलेट भएकाहरूलाई स्वास्थ्य मापदण्ड पूरा गरी बस्ने वातावरण तयार भएको छैन।
कोरोना अस्थायी अस्पतालको रूपमा गण्डक र वीरगंज हेल्थकेयर अहिले सञ्चालनमा छन्। नारायणी अस्पताललाई पनि कोभिड अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले गरेको पत्राचार कार्यान्वयन हुन सकेको छैन। यो अवस्थामा पचास शय्याको गण्डक अस्पताल र सय शय्याको वीरगंज हेल्थकेयरमा मात्र सङ्क्रमितहरू अट्न नसक्ने भएपछि अधिकांश सङ्क्रमित अहिले होम आइसोलेशनमा छन्। होम आइसोलेशनमा बस्नेहरूका लागि सरकारले मापदण्ड तयार गरेको छ।
सोको नियमन नारायणी अस्पताल अथवा स्वास्थ्य कार्यालयले गर्नुपर्ने हो। तर होम आइसोलेशनमा बस्नेहरूको बारेमा अहिलेसम्म दुवै निकायले खोजखबर गरेका छैनन्। कति सङ्क्रमित कोभिड अस्पतालमा छन् र कति होम आइसोलेशनमा छन् भन्ने यकीन तथ्याङ्क पनि अहिले कुनै निकायसँग छैन। कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको प्रत्येक दिन बैठक बस्छ तर निर्णय कार्यान्वयनमा भने समिति पनि पूर्णरूपमा असफल छ। वीरगंजमा पहिलो सङ्क्रमित फेला परेपछि नारायणी अस्पतालको आइसोलेशनमा राखिएको थियो। त्यहाँ लगातार दुईपटक पिसिआर परीक्षण नेगेटिभ आएपछि चौध दिनपश्चात् घरमा सुरक्षित बस्न १४ बुँदे लिखित शर्तनामा गरेर डिस्चार्ज गरिन्थ्यो। नियमतः तीनपटक नेगेटिभ पुष्टि भएपछि मात्र सङ्क्रमितहरूलाई डिस्चार्ज गर्नुपर्छ तर आइसोलेशन अभावमा दुई हप्तासम्म घरमा आइसोलेट हुने गरी छाडिएको थियो। अहिले सङ्क्रमितलाई आइसोलेशनमा बस्ने व्यवस्था छैन र उनीहरूलाई घरमा बस्दा पनि के के नियम पालना गर्नुपर्छ भन्नेबारेमा कुनै पनि संस्थाले जानकारी गराएको छैन।
पर्साका सांसद प्रदीप यादव सङ्क्रमित अवस्थामा घरमैं आइसोलेट छन्। उनको खोजीनीति अहिलेसम्म न नारायणी अस्पतालले गरेको छ, न स्वास्थ्य कार्यालयले। उनले दैनिक पर्साका प्रजिअको मात्र फोन आउने गरेको बताए। सङ्क्रमित भएपछि प्रहरीले सोधखोज गरेको र घरमैं सुरक्षित बस्न भनेपछि अहिलेसम्म कसैको फोन नआएको उनको भनाइ छ। सांसद यादवले आफैंले चिकित्सकहरूलाई फोन गरेर स्वास्थ्य समस्याबारेमा अवगत गराउने र उनीहरूको निर्देशन पालना गर्दै आएको बताएका छन्। सांसदको यो हविगत छ भने अन्य सङ्क्रमितहरूको अवस्था कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ।
वीरगंज–४ का एकजना सङ्क्रमितले राति २ बजे सुतिरहेको बेलामा फोन आएको बताए। उनले घरमा मस्तले सुतिरहेको बेलामा राति दुई बजे सङ्क्रमित हुनुहुन्छ भनेर फोन आएपछि आफूसहित परिवारजनलाई पीडा भएको बताए। त्यसपछि आफैं घरमा आइसोलेट भएर बसेको र कसैले सोधखोज नगरेको उनको भनाइ छ। पहिलो दिन कस्तो हुनुहुन्छ ? कुनै समस्या छ/छैन ? भनेर प्रहरीबाट फोन आएपछि घरमैं आइसोलेट भएको भनेपछि त्यसपछि अहिलेसम्म कसैको फोन नआएको उनले बताए। परिवारका सदस्यले तीस फिट टाढाबाटै खाना–नाश्ता दिने गरेको, एक्लै घरमा बस्नुपर्दा विरक्त लाग्ने गरेको उनले प्रतिक्रिया दिए। घरमा आइसोलेट हुँदा कसरी बस्नुपर्छ भन्नेबारेमा जानकारी नभएकोले परिवारका सदस्यमा सङ्क्रमण फैलिन सक्ने चिन्ताले सताएको उनले बताए।
यसैगरी, अर्का सङ्क्रमितले पनि प्रहरीबाहेक कसैको पनि फोन नआएको बताएका छन्। आफैंले चिनजानको चिकित्सकलाई फोन गर्ने र उनीहरूको सुझाव पालना गरिरहेको बताए।
एकजना चिकित्सकले होम आइसोलेशनमा बस्नेहरूको तथ्याङ्क स्वास्थ्य कार्यालयले राख्नुपर्छ । कर्मचारी खटाएर हेल्प डेस्कमार्फत् सङ्क्रमितहरूको बारेमा सोधखोज गर्ने, उनीहरूलाई परेको समस्याको समाधान गर्ने र स्वास्थ्य विधिको बारेमा जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको उनले बताएका छन्। नारायणी अस्पतालमा कोभिड सम्बन्धित थुप्रै जिम्मेवारी भएकोले अहिले खासै काम नभएको स्वास्थ्य कार्यालयले यो जिम्मेवारी पूरा गर्नुपर्ने ती चिकित्सकको भनाइ छ।
यसैगरी, कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले पनि घरमा आइसोलेट भएका सङ्क्रमितहरूको बारेमा सोधखोज गर्ने, उनीहरूको सानातिना समस्या चिकित्सकहरूमार्फत् सुल्झाउन प्रयास गर्नुपर्ने उनले बताएका छन्। अहिले पर्सा जिल्लामा करीब साढे तीन सय सङ्क्रमित होम आइसोलेशनमा बसेकाहरू भगवान् भरोसे छन्। कतिपयको घरमा आइसोलेट हुने अवस्था नभए पनि आइसोलेशन वार्ड खाली नभएको र त्यहाँ भर्ना हुन सिफारिशले मात्र काम हुने हुनाले करबलले घरमैं बसेका छन्।
भर्खरैको घटना हो, होम आइसोलेशनमा बसेका एकजना सङ्क्रमित खुलेआम किनमेल गरिरहेका थिए। उनी सङ्क्रमित भएको थाहा पाएपछि त्यहाँ किनमेलमा आएका मानिसहरूमा भागदौड मचिएको थियो। प्रकाशमा आएको यो एउटा घटना हो, यसबाहेक सङ्क्रमितहरूको नाम सार्वजनिक नभएको अवस्थामा थुप्रै सङ्क्रमित खुलारूपमा घुमिरहेको हुन सक्ने अडकल गरिएको छ।

Previous Post

चिकित्सकसहित आठजना निको भए

Next Post

मापदण्ड पूरा गरी पसल, व्यवसाय, बैंक सञ्चालन गर्न प्रशासनको निर्णय

Next Post

मापदण्ड पूरा गरी पसल, व्यवसाय, बैंक सञ्चालन गर्न प्रशासनको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.