• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home सम्पादकीय

हारे को हरिनाम

प्रतीक दैनिक by प्रतीक दैनिक
August 12, 2020
in सम्पादकीय
0 0
0
0
SHARES
3
VIEWS
Share on Facebook

     वीरगंजका नागरिक समाजकै एउटा वर्गको सक्रियतामा  नागरिकको स्वास्थ्योपचारका लागि उदाहरणीय कार्य भएको छ । अधिवक्ता वीरेन्द्र यादवको सक्रियतामा अन्य अधिवक्तासमेतले अस्पतालहरूले कोरोनाइतर बिरामीको पनि उपचार नगरेकोमा जिल्ला प्रशासन कार्यालयसमेतलाई विपक्षी बनाइ अदालतमा रिट निवेदन दिएका थिए । सो रिटमाथि अन्तरिम आदेश जारी गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास, वीरगंजका न्यायाधीश वीरबहादुर डाँगीको एकल इजलासले बितेको सोमवारका दिन भदौ ८ गतेसम्म स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थाहरूमा जाने बिरामी, कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको स्वास्थ्य सतर्कतामा ध्यान दिएर उपचार सेवा दिन दिलाउन कुनै पनि बहानामा इन्कार नगर्नु नगराउनु भनेको छ । अदालतले अन्तरिम आदेश जारी गर्ने क्रममा जस्तोसुकै परिस्थितिमा पनि बिरामीको उपचार गरी निको बनाउनु चिकित्सकको मूल कर्तव्य हो भन्दै अहिले वीरगंजमा कोरोना भाइरसको बहानामा उपचार नगर्नु चिकित्सासम्बन्धी सिद्धान्त, आचारसंहिता एवं प्रचलित कानूनी व्यवस्थासमेतले मिल्ने देखिंदैन भनेको छ ।
    मज्जको कुरो के छ भने सोमवार माननीय अदालतले यस्तो फैसला दियो र भोलिपल्ट मङ्गलवार बाराका एकजना किशोरको, जो कोरोना सङ्क्रमित थिएनन्, समयमा उपचार नपाउँदा निधन भएको छ । यसरी समयमा उपचार नपाउँदा वीरगंजमा मर्नेहरूको सङ्ख्या ६ पुगेको छ । मङ्गलवार मृत्यु हुने किशोरको परिवारसँग नेशनल मेडिकल कलेजका चिकित्सकले आफ्नो सुरक्षाका लागि दुई थान पिपिई पनि खरीद गर्न लगाएका थिए । कोरोनाको महामारी फैलिएको आज चार महीना भयो तर वीरगंजको नाम कहलिएको अस्पतालले आफ्नो चिकित्सकका लागि पिपिईसमेतको प्रबन्ध गर्न नसकेर सेवाग्राहीसँग खरीद लगाउनु कतिसम्म न्यायसङ्गत छ, यस सम्बन्धमा छानबीन गर्न अघि सरेको नेपाल मेडिकल  काउन्सिलले दूधको दूध र पानीको पानी गर्ने नै छ । महानगरमा यस्तै दुरवस्था भइरहँदा भर्खरै मन्त्रालयले पर्साका प्रमुख  जिल्ला अधिकारी तथा सहायक जिल्ला अधिकारीको सरुवा पनि गरेको छ । यो नियमित सरुवा प्रक्रिया पनि हुन सक्ला तर चितुवा कराउनु र बाख्रो हराउनुको साइनो त जसले पनि जोड्न सक्छ नै ।
    पर्सा जिल्लाको सदरमुकाम रहेको वीरगंज महानगरपालिकामा यस्तो दुरवस्था छ भने समग्र जिल्लाले के भुक्तमान भोगिरहेको होला कल्पना गर्न गा-हो हुनेछैन । किसानका लागि आवश्यक हो बेलामा बीउ र मलखाद, यातायातको सुगमता, यातायातको साधन र पूँजीको उपलब्धता । सरकारले जहिले पनि बेलामा मलखाद चाहिने बेला किसानलाई लोप्पा ख्वाएको छ । यो त प्रतिकूल अवस्था भयो, पाउने आस के गर्नु ? सडकहरू बन्न शुरू भएको युग बित्न लाग्यो, सम्पन्न हुने नाउँ लिंदैन । कोरोनाको त्रासले यातायातका साधनलगायत बैंकहरू बन्द छन् । भारत छिरेर किनूँ भने पनि रकम छैन । तर पनि सरकारका मन्त्रीहरू सरकारको आलोचना गर्नेहरूको मति सप्रोस् भनेर ईश्वरसँग प्रार्थना गरिरहेका छन् । धर्मलाई अफिम मान्ने वामपन्थी दलको सरकारका मन्त्री नै कृष्णाष्टमीका दिन भगवान्लाई गुहारेर आलोचकहरूको मति सप्रोस् भन्ने कामना गर्दछन् भने यिनका हुतिले के सम्भव छ, सहज अनुमान लगाउन सकिन्छ । सधैं भोगिरहेको समस्या पनि पार लगाउन नसक्ने हुतिहारा मन्त्रीहरूका लागि हारे को हरिनाम बाहेक के भन्न सकिन्छ ?

Previous Post

मलपछि विषादीमा पनि ठगिंदैछन् पर्साका किसान

Next Post

गरीबको लागि क्रुर बन्दैछ कोरोना

Next Post
गरीबको लागि क्रुर बन्दैछ कोरोना

गरीबको लागि क्रुर बन्दैछ कोरोना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.