• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार

स्वच्छ पानी पिउनबाट वञ्चित

प्रतीक दैनिक by प्रतीक दैनिक
August 12, 2020
in समाचार, स्थानीय
0 0
0
स्वच्छ पानी पिउनबाट वञ्चित
0
SHARES
2
VIEWS
Share on Facebook


प्रस, सेढवा, २८ साउन/
ठोरी गाउँपालिका–३ शिकारीवासका बासिन्दाहरू यो वर्षायाममा पनि स्वच्छ खानेपानीका लागि एक घण्टा लामो चार किलोमिटर दूरी तय गर्न बाध्य छन् ।
शिकारीवासमा ४५ घरपरिवार छन् तर उनीहरूको लागि स्थानीय तह गठन भएको तीन वर्ष बितिसक्दा पनि स्वच्छ खानेपानीको व्यवस्था भएको छैन । शिकारीवासका महिला, बालबालिकाहरू वीरगंज–ठोरी सडकखण्डदेखि करीब पाँच किलोमिटर टाढा चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्रको कुलोको पानी पिउन बाध्य छन् ।

स्थानीय राजेन्द्र चौधरीका अनुसार गाउँभन्दा चार किलोमिटर टाढा चिलमेररा खोलाबाट कुलो बनाइ गाउँसम्म ल्याएको पानी पिउन बाध्य छन् । पर्सा र चितवन राष्ट्रिय निकुञ्जको बीचमा शिकारीवास बस्ती पर्छ । खोलाबाट कुलो बनाएर ल्याएको पानीमा यहाँका गाउँलेहरूको जीवन चलेको छ भने त्यही कुलाको पानीमा जीवजन्तु र पशुपक्षीहरू पनि आश्रित छन् ।

स्थानीय तह गठनपछि स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने प्रतिबद्धता चुनावताका गरिएको थियो । तर चुनावपछि यहाँका मानिसहरूलाई स्वच्छ पानी पिउन पाउने अधिकारबाट अहिलेसम्म वञ्चित पारिएको छ । सामान्य अवस्थामा कुलोको पानी हेर्दा सफा देखिन्छ र सोही पानी पिउनका लागि पनि प्रयोग गरिन्छ । तर वर्षायाममा सो पानी पिउन नसकिने गरी धमिलो हुने गरेकोले यहाँका महिला, बालबालिकाहरू एक घण्टा लामो दूरी तय गरी खोलामा जाने र पानी ल्याउने गरेका छन् । स्थानीय एक युवतीले वर्षायाममा खानेपानीको लागि निकै समस्या हुने गरेको बताइन् ।

ठोरी गापा–३ का अध्यक्ष सूर्यबहादुर लामाले आव २०७५/७६ मा जङ्गलभित्र खानेपानी शुद्धीकरणका लागि इम्पेक्ट निर्माण शुरू गरिएको बताए । उनले २०७६/७७ मा पाइप जडानका लागि उपभोक्ता समिति गठन गरी योजना कार्यान्वयन गर्न लगाएको बताए । तर आर्थिक वर्ष बितेको एक महीनामा पनि शिकारीवासमा पानीको व्यवस्था हुन नसकेकोमा दुःख व्यक्त गरे । उनले उपभोक्ता समितिलाई यसबारेमा सोधनी गर्ने र अविलम्ब खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

Previous Post

बनेसँगै बिग्रिन थाल्छ थरुहट सडक

Next Post

वीरगंजको मृत्युदर नेपालकै उच्च डरत्रासको कारण मृत्यु भएको चिकित्सकको भनाइ

Next Post

वीरगंजको मृत्युदर नेपालकै उच्च डरत्रासको कारण मृत्यु भएको चिकित्सकको भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.