• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

प्रतीक दैनिक by प्रतीक दैनिक
May 18, 2025
in गृहपृष्ठ, राष्ट्रिय
0 0
0
स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड
0
SHARES
0
VIEWS
Share on Facebook

काठमाडौं, ३ जेठ/रासस

सरोकारवालाहरूले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन् । शुक्रवारदेखि शुरू भएको सगरमाथा संवादको शनिवार दोस्रो दिनको ‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै उनीहरूले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवद्र्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताएका छन् ।

सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमा समेत असर पुग्ने बताए । “जाडोयाममा पानीको स्रोत घट्दा नै नेपालले ऊर्जा भारतबाट आयात गरेर विद्युत् आपूर्ति गराएको छ,” उनले भने, “अर्को समस्या भनेको प्रसारण लाइन जडानकै क्रममा धेरैजसो स्थानीय प्रतिरोधको सामना गर्नुपरेको छ, सर्वसाधारणहरू प्रसारण लाइन चाहन्छन्, तर आफ्नै घर अगाडि र पछाडि होइन, अब त्यसलाई कसरी प्रवद्र्धन गर्ने ?”

शाक्यले उद्योगहरूलाई विद्युतीकरण गर्नका लागि भरपर्दो ऊर्जा आवश्यक रहेको बताए । नेपालको प्रसारण प्रणाली निकै कमजोर रहेको भन्दै उनले भने, “हिजो साँझ मात्रै धेरैपटक लाइन काटियो, किनभने हाम्रो प्रसारण प्रणाली निकै कमजोर छ, एउटा लिङ्क बिग्रिएपछि सिङ्गो प्रणाली नै बन्द हुन्छ ।”
अहिले प्रसारण सञ्जालमा निजी क्षेत्रको सहभागिता पनि खोजिएका र यसका लागि नियामक संरचना आवश्यक पर्ने उनको भनाइ छ । “निजी क्षेत्रलाई कसरी समावेश गर्ने भन्ने विषय महत्त्वपूर्ण छ, नेपाल विद्युत् प्राधिकरणसँग पर्याप्त वित्तीय स्रोत छैन, त्यसैले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ,” शाक्यले भने ।

यसैगरी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा अच्युतप्रसाद वाग्लेले हरित ऊर्जा उत्पादन र प्रयोग प्रवद्र्धन गर्न निजी क्षेत्र र सरकारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । “अहिले हामी न्यूनतम ऊर्जा आवश्यकतालाई पूरा गर्न चाहन्छौं, तर लगानी कहाँबाट जुट्छ ? त्यसैले लगानीका नयाँ स्रोत पहिचान गर्नु अत्यावश्यक छ, केवल सार्वजनिक लगानीको भरमा मात्र यसो सम्भव हुँदैन,” उनले भने, “हरित जलवायुमैत्री लगानीका अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि जोड दिनुपर्छ ।”

जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण प्रभाव कार्य प्लेटफर्म केन्याकी निर्देशक डा अदीति मुखर्जीले उच्चस्तरीय क्षमता विकास, प्रविधि हस्तान्तरण र समुदायलाई ऊर्जा रूपान्तरणको केन्द्रमा राख्नुपर्नेमा जोड दिइन् । “हिन्दकुश हिमालय क्षेत्रभर जलविद्युत्सम्बन्धी उदाहरणमा नेपाल सबैभन्दा सकारात्मक र उत्कृष्ट उदाहरणमध्ये एक बनेको देखिएको छ, ग्रामीण समुदायसँग रोयल्टी साझेदारी गरिएका उदाहरण छन्, ग्रामीण समुदायले जलविद्युत्मा प्रत्यक्ष साझेदारी पाएको उदाहरण पनि छ, यी सबै न्यायसङ्गत ऊर्जा रूपान्तरणमा समुदायलाई कसरी समावेश गर्न सकिन्छ भन्ने उत्कृष्ट अभ्यासका नमूना हुन्,” उनले भनिन् ।

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सार्वजनिक कोष स्थापनामा जोड दिए । उनले भने, “उदाहरणका लागि, सौर्य ऊर्जा बिक्रीबाट आउने नियमित आम्दानीको केही हिस्सा सार्वजनिक कोषमा राख्ने र त्यो कोषबाट समाजका विपन्न वर्गलाई सहयोग गर्नुपर्छ, उनीहरूले सुरुआतमैं फाइदा लिन सक्दैनन् वा शहरमा हुने ग्रिड प्रणाली विकासबाट पछि पर्ने खतरा हुन्छ ।”

सत्रको सहजकर्तासमेत रहेका एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक शोभाकर ढकालका अनुसार स्वच्छ ऊर्जाको सदुपयोग भनेको सौर्य, वायु, जलविद्युत्, भूतापीय र बायोमासजस्ता नवीकरणीय ऊर्जा स्रोतको उपयोग गरी समाजलाई ऊर्जा प्रदान गर्ने, जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने र दिगो विकास हासिल गर्ने लक्ष्य राखेको एक विश्वव्यापी प्रयास रहेको बताए ।

Previous Post

मदन आश्रित स्मृतिसभा सम्पन्न

Next Post

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेशिया

Next Post
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेशिया

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेशिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.