प्रस, वीरगज, २७ असोज/
जिल्ला प्रहरी कार्यलय पर्साले स्रोत नखुलेको चार लाख ३४ हजारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगज महानगरपालिका–१६ बस्ने १९ वर्षीय किशन यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साले आइतवार दिउँसो करीब १२ बजे वीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित नबिल बैंक अगाडिबाट शङ्कास्पदरूपमा हिंडिरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएर खानतलाशी गरेको थियो ।
खानतलाशीको क्रममा यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट ४ लाख ३४ हजार नेपाली रकम फेला पारेको प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
पाँच सय दरका ८६८ थान नेपाली रुपियाँ बरामद भएको र उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसूर) बमोजिम मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

