प्रस, वीरगंज, १४ जेठ/
एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजले ६४औं स्थापना दिवसको अवसरमा घण्टाघरमा दीप प्रज्वलन गरेको छ ।
एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंका अध्यक्ष प्रकाश बाहेतीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसंयोजक राजेश बोथरा, सचिव रजनीश झा, अभिलाष गुप्ता, मन्नु यादव, विनीत जैसवाललगायतको सहभागिता थियो ।
“मानव अधिकारको सम्मान, सुरक्षित भविष्यको आधार” नाराका साथ सम्पन्न कार्यक्रममा सहभागी सबैलाई अध्यक्ष बाहेतीले धन्यवाद ज्ञापन गरेका थिए ।


