• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

सो–ह कलाले परिपूर्ण कृष्णावतार

प्रतीक दैनिक by प्रतीक दैनिक
August 29, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

    ज्योतिषशास्त्रका अनुसार श्रीकृष्णको जन्म भदौ महीनाको कृष्णपक्ष्Fको अष्टमी तिथिमा महानिशीथकालमा वृष लग्नमा भएको थियो। त्यस बेला चन्द्रमा रोहिणी नक्षत्रमा थिए। रोहिणी नै चन्द्रमाको सर्वप्रिय नक्ष्Fत्र हो। राति ठीक १२ बजे क्षितिजमा वृष लग्न उदय भइरहेको थियो र त्यस बेला चन्द्रमा लग्नमा विराजमान थिए। पञ्चम भाव कन्यामा बुध विराजमान थिए। त्यस घडीमा छैटौं भाव तुलामा शुक्र र शनि विराजमान थिए। भाग्य भाव मकरमा मङ्गल विराजमान थिए भने लाभ स्थान मीनमा बृहस्पति स्थापित थिए। मूलतः श्रीकृष्ण चन्द्रमाप्रधान अवतार थिए, त्यसैले उनलाई कृष्णचन्द्र भनेर सम्बोधन गरिन्थ्यो तथा उनको वंशावली अनुसार पनि उनलाई चन्द्रवंशी नै भनिएको छ।
    शास्त्र अनुसार जसरी चन्द्रमाको सो–ह कला हुन्छ, जसरी महिला सो–ह शृङ्गार गरेर सम्पूर्ण बन्दछन्, त्यसैगरी भगवान् श्रीकृष्णको अवतार पनि सो–ह कलाले परिपूर्ण थियो। ब्रह्म उपनिषद्हरूका अनुसार सो–ह कलाले युक्त व्यक्ति ईश्वरतुल्य हुन्छ। चन्द्रमाको सो–ह कला हुन्छ अर्थात् सो–ह तिथि–अमृता, मानदा, पृषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीतिरङ्गा, पूर्णा, पूर्णामृता र स्वरजा। यिनैलाई प्रतिपदा, द्वितीया, एकादशी, पूर्णिमा आदि भनिन्छ। जसरी चन्द्रमाको प्रकाशको सो–ह अवस्थाबाट सो–ह शृङ्गार गर्ने चलन बस्यो, त्यसैगरी मानिसको मनको पनि सो–ह मनोदशा वर्णित गरिएको छ।
    चन्द्रमाको सो–ह कलाको अर्थ मानवीय व्यक्तित्वको समग्र बोध हो। श्रीकृष्णजस्तै प्रत्येक मानिसमा यी कला हुन्छन्, भलै ती सुषुप्तावस्थामा होऊन् अर्थात् यिनको सम्बन्ध यथार्थ ज्ञानको सो–ह अवस्था हो। शास्त्र अनुसार यी सो–ह कलाको नाम यस प्रकार छन्–अन्नमया, प्राणमया, मनोमया, विज्ञानमया, आनन्दमया, अतिशयनी, विपरिनाभिमी, सङ्क्रमिनी, प्रभवि, कुथिनी, विकासिनी, मर्यादिनी, सन्हालादिनी, आह्लादिनी, परिपूर्ण एवं स्वरूपवस्थित। चन्द्रमाका सो–ह कला वास्तवमा बौद्ध योगीका विभिन्न स्थिति हुन्। बोधको अवस्थाको आधारमा प्रतिपदादेखि पूर्णिमासम्म चन्द्रमाको प्रकाशको पन्ध्र अवस्था हुन्छ। यहाँ अमावस्या अज्ञानको र पूर्णिमा पूर्ण ज्ञानका प्रतीक हुन्।
    संसार परमात्माको हास–विलास हो। तैत्तिरि ऋषिले उपनिषद्हरूमा यसलाई हास–विलासको दिव्यलीला संदोह (दूध दुहुनु)को स्वरूपको रस घोषित गरिदिए। त्यही रसस्वरूप परमात्माको उत्सव नै रास हो। वर्षभरिको सबैभन्दा समृद्ध रात–शरद पूर्णिमालाई वाणी, व्यवहार र उत्सवलाई महानाट्यको रूपमा प्रस्तुत गर्नु नै ‘महारास’ हो। अनेक स्थानमा यो पर्व यसै रूपमा मनाइन्छ।
    शरद पूर्णिमाको रात चन्द्रमा आफ्नो सम्पूर्ण कलाका साथ उदित हुन्छन्। शेष दिन वा महीनामा पूर्णिमाको जून केही कम–बढी भइरहन्छ। आश्विन पूर्णिमाका दिन चन्द्रमा समग्र कलाका साथ विद्यमान हुन्छन्। भक्ति र प्रेमको गीत गाउने कविहरूले समवेत स्वरमा गाएका छन् कि यो राति चन्द्रमा आफ्नो सबै कलाका साथ प्रकट हुन्छन्। धरतीमा पूर्ण वैभवका साथ आउने भगवान्को पनि सो–ह कला हुन्छन्। विष्णुका दश वा सो–ह अवतारमध्ये कृष्ण मात्र सो–ह कलाले सम्पन्न छन्। यस विवरणलाई नै परमात्माको शीतल प्रकाश भनिएको होस किनकि चन्द्रमाले आफ्नो शान्त–स्निग्ध छविले सारा जगत्लाई आप्लावित गरिदिन्छन्।
    रासको स्वरूप पनि सबैले जानेका छन्। सो–हौं शताब्दीमा प्रचलित भएको यस लोकनाट्यमा, धर्मका साथ नृत्य, सङ्गीत र शृङ्गारप्रधान सख्यभावको क्रीडाको नेतृत्व कृष्णको हातमा हुन्छ। कृष्णको उपस्थिति त्यस आयोजनमा प्रतीक बनेका नृत्यकार वा नायकको रूपमा हुन्छ। रासको अन्तर्कथा यो हो कि गोपिनीहरूले एकपटक भगवान् कृष्णलाई पतिको रूपमा प्राप्त गर्ने इच्छा गरे। उनले गोपिनीहरूको यो कामना पूरा गर्ने वचन दिए। यसका लागि श्रीकृष्णले आह्वान गरेपछि शरदको रात गापिनीहरू दिव्य शृङ्गार गरेर यमुना तट पुगे।
    त्यहाँ श्रीकृष्णले रास शुरू गरे। भगवान् कृष्णले महारासको अन्तरालमा गोपिनीहरूलाई एउटा अद्भुत लीला देखाए। जति गोपिनीहरू थिए, ती सबैले आफ्नो कृष्ण पाए र दिव्य नृत्य एवं प्रेमानन्द शुरू भयो। के मान्यता छ भने आज पनि शरद पूर्णिमाका दिन श्रीकृष्ण गोपिनीहरूका साथ रास रचाउँछन्। त्यसैले शरद पूर्णिमाको दिन षोडस कलाको दृष्टिले सर्वश्रेष्ठ मानिन्छ। शरद पूर्णिमाको रात चन्द्रमा आफ्ना सो–है  कलाका साथ अभिव्यक्त हुन्छन्। यसैले शरद पूर्णिमाको आध्यात्मिक महत्व हुन्छ भनी मानिएको छ।    
    चन्द्रमालाई मनको कारक र भाव–संवेदनाहरूको अधिपति ग्रह मानिन्छ। त्यसैले यो दिन भक्त र भगवान्का बीच सम्बन्धका लागि सबैभन्दा उपयुक्त हो। वल्लभाचार्य तथा हितहरिवंश आदि महात्माहरूले जब रासलीलाको चलन चलाए, त्यस बेला यसमा राधा–कृष्णको दिव्य क्रीडाकल्लोलको नै सात्विक प्रदर्शन थियो। यसमा अध्यात्म र आनन्दको प्रधानता थियो। सूरदास तथा अष्टछापका कविहरूको पद र भजनका साथ नै सारा भक्तिका क्रियाकलाप सम्पन्न हुन्थे।
    सङ्गीत र काव्यको रस तथा आनन्दका साथ धर्मोपदेश र मनोरञ्जनको सम्पुट सन्निहित आयोजनहरूमा पात्रहरूको–कृष्ण, राधा र गोप–गोपिनीहरूका संवादहरूमा दार्शनिक गम्भीरता प्रकट हुन्थ्यो। महारासको मञ्चनले मञ्चमा अभिनय गरिरहेका तथा प्राङ्गणमा उनीहरूलाई हेरिरहेका मानिसको परिष्कार गर्ने गर्दथ्यो। यो हेरेर मानिसलाई भक्ति तथा अनुरागको बोध हुन्थ्यो।
    वर्तमान समयमा राधा–कृष्णको युगल छविको पूजा–आरतीबाट शुरू हुने रासलीलाको स्तरमा –हास आएको दोष सजिलै लगाउन सकिन्छ। यसका बावजूद यसले भावपूर्ण हृदयमा कृष्णप्रति प्रेमको सञ्चार त अवश्य नै गराउँछ। भजनको ऐश्वर्यको पराकाष्ठा त यो छ हो कि यसमा सबै वर्गका मानिस सम्मिलित होऊन् र भावपूर्ण हृदयले आराधना गरून्। रासकार्य सम्पन्न गर्नेहरूलाई रासधारी भनिन्छ।
    रासलीलामा हास्यको पुट र शृङ्गारको प्राधान्य हुन्छ। त्यसमा कृष्णको गोपी–सखीहरूका साथ अनुरागपूर्ण वृत्ताकार नृत्य हुन्छ। कहिले कृष्ण गोपिनीहरूका कार्य एवं चेष्टाहरूको अनुकरण गर्दछन् भने कहिले गोपिनीहरू कृष्णको रूप चेष्टादिको नकल गर्दछन्।
    रासलीलाको यस रूपमाथि आक्षेप गर्नेहरू अबोध, नादान र यस महारासको प्रतीकबाट अनभिज्ञ हुन्। यो भन्नु कि रासलीलाबाट अधोगामी उच्छृङ्खल प्रवृत्ति प्रोत्साहित हुन्छ–निराधार तथ्य हो। भावको उत्सर्ग, परिष्कार एवं विकास नै प्रेम हो। भावको पतन एवं पराभव नै वासना हो। जसको हृदयमा भाव पवित्र हुन्छ, तिनले नै यस महारासको आनन्द प्राप्त गर्न सक्छन्।
    यस सन्दर्भमा गाँधीजीको जीवनको एउटा उल्लेखनीय प्रसङ्ग छ। उनका कुनै अनुयायीले रासलीलाको स्वरूपमाथि आक्षेप लगाउँदै भनेका थिए कि संसारमा त्यसै प्रशस्त हास–विलास र राग–रङ्ग छन्, रासलीलाबाट त तिनको उद्दीपन मात्र हुन्छ। यस आक्षेपको प्रत्युत्तरमा गाँधीले भनेका थिए– “रासलीलाजस्तो आयोजनले नै संसारमा कृष्णप्रेमको सञ्चार सम्भव छ, अन्यथा यो संसार पूर्णरूपेण शुष्क र रसहीन हुनेछ।”
    भगवान् श्रीकृष्ण धीर–ललित नायक हुन्, जसलाई समस्त कलाको अवतार मानिन्छ। श्रीराधा उनकी अनुरञ्जक शक्तिको रूपमा देखिन्छिन्। श्रीराधा समस्त गुण र कलाहरूकी खानी, नायिका बन्दछिन्। गोप र सखीहरू भावप्रगल्भा हुन्छन्। तिनमा शोभा, विलास, माधुर्य, कान्ति, दीप्ति, विलास, विच्छित, प्रागल्भ्य, औदार्य, लीला, हाव, हेला, भाव आदि सबै अलङ्कार समाहित हुन्छ।
    यसरी के देखिन्छ भने श्रीकृष्ण जन्माष्टमी भगवान् कृष्णको आविर्भावको प्रतीक हो। भगवान् सबै कलाका स्वरूप हुन्। जन्माष्टमीले धरतीमा महाभावरूपी प्रेमको सञ्चार गर्दछ। प्रेमले आप्लावित हृदय भगवान् कृष्णको पावन मन्दिर हो। हृदय मन्दिरलाई पवित्र पावन पारेर मात्र यस उत्सवलाई सार्थक रूप प्रदान गर्न सकिन्छ। यस्तो गर्नका लागि भगवान् श्रीकृष्णको जीवनबाट यो सन्देश ग्रहण गर्नु आवश्यक छ, जसले हाम्रो जीवनका समस्त सम्भावना एउटा कलाको रूपमा चम्कन सकोस्। यसैमा मनुष्य जीवन एवं विश्वको समस्त समस्याको समाधान निहित छ।

Previous Post

सङ्घीयता: बोकाको मुखमा कुभिन्डो

Next Post

१५ वटा राँगा लीलाम

Next Post

१५ वटा राँगा लीलाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.