• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

सामुदायिक आइसोलेशन कमाइखाने भाँडो

प्रतीक दैनिक by प्रतीक दैनिक
September 4, 2020
in प्रमुख समाचार
0 0
0
सामुदायिक आइसोलेशन कमाइखाने भाँडो
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, १९ भदौ/
    कोरोना सङ्क्रमितहरूको नाममा केहीले कमाइखाने भाँडो बनाएका छन्। पर्सा जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि खासगरी वीरगंज महानगरपालिकामा सङ्क्रमितको नाममा कमाउने धन्धा शुरू भएको छ।
    लक्षण देखिएका सङ्क्रमितहरूलाई तोकिएको कोभिड अस्पतालमा भर्ना गर्नुपर्ने अथवा सङ्क्रमितले होम आइसोलेशन वा सामुदायिक आइसोलेशन तथा पे–आइसोलेशनमा बस्ने इच्छा जाहेर गर्नुपर्ने हुन्छ। अहिले वीरगंजमा सङ्क्रमितहरूको खोजीनीति गर्ने र उनीहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दिइएको छ। सङ्क्रमित पुष्टि भएपछि उनीहरूको बारेमा सूचना सङ्कलन गरी उनीहरूको स्वास्थ्य अवस्था बुझेर होम आइसोलेशनमा बस्ने, आइसोलेशनमा बस्ने अथवा सामुदायिक आइसोलेशनमा बस्नेबारेमा सोधखोज गर्नुपर्ने हुन्छ।
    यो क्रममा पछिल्लो समयमा होटललाई सामुदायिक आइसोलेशन बनाएकाहरूले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रभावित गरेर सङ्क्रमितहरूलाई सामुदायिक आइसोलेशनमा भर्ना गराउन आर्थिक प्रलोभन दिने गरेको सूचना पाएको छ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले पनि लक्षण भएकाहरूलाई मात्र कोभिड अस्पतालमा भर्ना गर्ने र त्यसबाहेकका बिरामीहरूलाई होम आइसोलेशन अथवा सामुदायिक आइसोलेशनमा बस्न मिल्ने निर्णय गरेको छ। होम आइसोलेशनमा बस्दा सङ्क्रमितहरूलाई प्रतिदिन रु २ सय उपलब्ध हुन्छ भने सामुदायिक आइसोलेशनमा बस्दा सरकारले प्रतिसङ्क्रमित रु २ हजार र कोभिड अस्पतालमा भर्ना हुनेहरूको हकमा रु ३५ सयदेखि १५ हजारसम्म खर्च दिने गरेको छ। यही कारणले होटल, धर्मशालामा बनाइएको सामुदायिक आइसोलेशनमा सङ्क्रमितहरूलाई आकर्षित गरिंदैछ।
    वीरगंजमा पछिल्लो चरणमा सामुदायिक आइसोलेशनमा सङ्क्रमित सङ्ख्या बढ्नुको कारण यही हो। होटल व्यवसाय लकडाउन र निषेधाज्ञाको कारण पूर्णरूपमा प्रभावित भएको बेलामा होटल, धर्मशालाहरूलाई सामुदायिक आइसोलेशन बनाएर अहिले कमाउने बाटो बनाइएको छ।
    वीरगंजमा कोभिड अस्पताल गण्डक र वीरगंज हेल्थकेयर गरी दुईवटा छन्। यसबाहेक गोपाल मण्डली, राणीसती अतिथि सदन, विजयज्योति, रानीपोखरीलगायतका होटल, धर्मशालालाई सामुदायिक आइसोलेशन बनाइएको छ। एकजना सङ्क्रमित कम्तीमा १४ दिन आइसोलेट हुनुपर्छ। १० दिनको दिन स्वाब नमूना सङ्कलन गरिन्छ। एकजना सङ्क्रमितबाट रु २८ हजारसम्म सङ्कलन हुने र सो अनुपातमा आधा पनि खर्च नहुँदा अहिले सामुदायिक आइसोलेशन वीरगंजमा बढिरहेको हो।
    एकजना चिकित्सकले लक्षण भएका सङ्क्रमितहरूलाई पनि पैसाको कारण सामुदायिक आइसोलेशनमा राख्ने र समस्या भएपछि कोभिड अस्पतालमा पु–याउने कार्य भइरहेको बताए। लक्षण भएकाहरूलाई शुरूमैं कोभिड अस्पतालमा भर्ना गर्दा उनीहरूको समस्या समाधान गर्न सहज हुने तर अवस्था खराब भएपछि पठाउँदा समस्या हुने गरेको ती चिकित्सकले बताए।     

Previous Post

पचासौं दिन वीरगंज आंशिक खुल्यो

Next Post

२०७७ भदौ २० गते शनिवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ २० गते शनिवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.