प्रस, बिरुवागुठी, ३ जेठ/
सबडिभिजन वन कार्यालय बडनिहारले गएराति ठूलो परिमाणमा सालको गोलिया बरामद गरेको छ ।
सबैया साझेदारी वन क्षेत्रबाट सालको काँचो रूख कटान गरी गोलिया बनाइ साइकलमा तस्करहरूले ल्याउँदै गर्दा पर्सागढी नगरपालिका वडा नं ३ स्थित झबराहा हनुमान खाबर भन्ने स्थानबाट सात थान सालको काँचो गोलिया र सात थान साइकल बरामद गरेको हो ।
सबडिभिजन वन कार्यालय बडनिहारका जमदार जीतबहादुर तामाड्ढो कमान्डमा खटेको वनगस्ती टोलीले राति गस्ती गर्ने क्रममा सात थान गोलिया करीब ३२ क्युफिट र सात थान साइकल बरामद गरेको जमदार तामाङले बताए ।
तस्करहरू भने वन गस्ती टोलीलाई हेरी काठ र साइकल छाडी फरार भएको र उनीहरूको पहिचान गरी खोजी कार्य शुरू गरिएको सबडिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत नवमित मिश्रले बताए ।
सबैया साझेदारी वन क्षेत्रको रामवन, सोलखपुर, मिलनचोक, सबैयाटाँडी, पटेलचोकलगायतको नाकाबाट व्यापकरूपमा वन कर्मचारीको मिलेमतोमा काठ तस्करी भइरहेको स्थानीयहरूले बताए ।


