• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

सवारीसाधन सञ्चालनमा कडाइ, बिरामी मर्कामा

प्रतीक दैनिक by प्रतीक दैनिक
August 14, 2020
in प्रमुख समाचार
0 0
0
सवारीसाधन सञ्चालनमा कडाइ, बिरामी मर्कामा
0
SHARES
1
VIEWS
Share on Facebook

विमला गुप्ता, वीरगंज, ३० साउन/
निषेधाज्ञा जारी भएको २१औं दिनदेखि पर्सा प्रहरीले सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।
साउन १० गते निषेधाज्ञा लागू गरेदेखि सवारीसाधन सञ्चालनमा खासै ध्यान नदिएको पर्सा प्रहरीले शुक्रवार बिहानदेखि वीरगंजका ठाउँ–ठाउँमा सवारीसाधन चेकजाँचमा कडाइ ग–यो। जसले गर्दा घण्टाघर क्षेत्रमा ४/५ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइयो। प्रहरीले निषेधाज्ञा जारी गर्दा तोकिएको मापदण्डविपरीत सवारीसाधन चलाउनेहरूलाई नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, विद्युत्, टेलिफोन, इन्टरनेट, सरसफाइमा प्रयोग हुने सवारीसाधनबाहेक अन्यको चेकजाँच गरेर नियन्त्रणमा लिएको थियो।
आज एक्कासि प्रहरीले सवारीसाधन सञ्चालनमा कडाइ गरेको हो। प्रहरीले कडाइ गरेको कारण कतिपय मानिसलाई अस्पताल, प्रयोगशालामा जान समस्या भएको थियो। प्रहरीको चेकजाँचको क्रममा चिकित्सककहाँ उपचारको लागि जाने क्रममा बारा, रामपुरटोकनी निवासी भैरव प्रसादलाई छोराको उपचारमा समस्या भयो। उनको छोरा प्रकाश साह कानू ५ वर्षदेखि गठिया रोगबाट पीडित छन् र उनको उपचार गर्न डा रोशन अलिको अलि ट्रमा सेन्टरमा आउने क्रममा आज ११ बजे प्रहरीले उनलाई अस्पतालसम्म जान नदिएको भैरवले गुनासो गरेका छन्।
पावरहाउस र मुर्ली चोकका प्रहरीले चिकित्सकको पुर्जी देखाउँदा पनि मुख्य सडकबाट जान नदिएको बताए। प्रहरीले रोकेपछि सहायक सडकबाट जानुपरेको उनले बताए। छोरालाई गठियाको समस्याले पिरोलेको हुँदा बाध्य भएर सहायक सडकबाट जानुपरेको उनले बताए। एउटा जिल्लाबाट अर्को जिल्लामा जान निषेध भएको कारण बारा घर भएकोले आफूलाई रोकिएको उनले बताए। तर उपचारजस्तो संवेदनशील विषयमा प्रहरीले समस्या नबुझेको उनको गुनासो थियो।
सङ्क्रमण समुदायस्तरमा फैलिएपछि अहिले कोही पनि विनाकाम घरबाहिर निस्किएका छैनन्। यो कुरा प्रहरीले बुझ्नुपर्ने उनको भनाइ थियो।
निषेधाज्ञाको समयमा दुवै जिल्लाका प्रशासनले जारी गरेको सूचनामा पनि बिरामी र औषधि खरीदका लागि रोक नलगाउन भनिएको छ। तर साउन १० गतेपछि एक्कासि तातेको पर्सा प्रहरीले आज सबैखाले नियमलाई एकैसाथ पालना गराउन खोज्दा समस्या भएको थियो।

Previous Post

ठोरीवासीलाई खानेपानीको समस्या

Next Post

२०७७ साउन ३१ गते शनिवारको प्रतीक दैनिक

Next Post

२०७७ साउन ३१ गते शनिवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.