• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
16 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home सम्पादकीय

सरकारको चाल

प्रतीक दैनिक by प्रतीक दैनिक
September 16, 2020
in सम्पादकीय
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

    कुनै एक पक्षको चालचलन, गति तथा क्रियाक्लापले अर्को पक्षलाई प्रभावित गर्छ। यसरी पर्ने प्रभावबाट अर्को पक्षले आफ्नो स्वभाव अनुसार प्रतिक्रिया दिन्छ। प्रायः कुकुरहरू बिरालो देख्नेबित्तिकै झम्टन्छन्। कुनै दोषविना नै बिरालो माथि कुकुरको झम्टाइ किन ? पशु तथा जनावरविज्ञहरू भन्छन्–“बिरालोको हिंडाइ तथा हेराइको चाल नै यस्तो हुन्छ कि कुकुरको शिकारी स्वाभावलाई जगाइदिन्छ।” अतः बिरालोको बडी ल्याङ्गवेजको कारण कुकुरहरू आकर्षित हुन्छन्। कुकुर स्वभावैले शिकारी प्रजातिको जनावर हो तर उसको शिकारीपन अरु जनावरको गति तथा क्रियाकलापले उत्तेजित, अति उत्तेजित र कम उत्तेजित हुने गर्छ। जनावरमा जस्तै मानवमा पनि यो गुण हुन्छ।  बिरालोको हिंडाइको प्रभावले मानिसमा भने ममता, प्रेम पैदा हुन्छ। त्यसैले क्याट वाकलाई सुन्दर हिंडाइको रूपमा परिभाषित गरिन्छ। बिरालोलाई मानिसले माया गरेर पाल्नुको कारण  पनि उसको चालचलन तथा क्रियाकलाप नै हो।
    विश्वास, अविश्वास, माया, क्रोध, आँसु, हाँसो, बदलाको भावना यी सबै मानवीय क्रियाकलापको कारण मानवमा पैदा हुने प्रतिक्रिया हुन्। त्यसैगरी कुनै पनि मुलुकका सरकारको गति तथा क्रियाकलापले त्यस देशका नागरिकमा सरकारप्रति एउटा धारणाको विकास हुन्छ। सरकार जतिसुकै शक्तिशाली भएपनि नागरिकको क्रियाकलापबाट प्रभावित भइरहेको हुन्छ। वर्तमान युगमा जनताले आफ्नो प्रतिक्रिया जाहेर गर्नका लागि सञ्चारमाध्यम, सामाजिक सञ्जाल वा सडक प्रयोग गरिरहेको हुन्छ। सकारात्मक वा नकारात्मक जुनसुकै किसिमको प्रतिक्रिया तत्काल जाहेर गर्ने थलो यिनै हुन्। यतिले पनि साध्य भएन भने आवधिकरूपमा भने मतदानमार्फत निर्णय जनमत दिने तथा अन्तिम फैसला गर्ने अधिकार नागरिकलाई रहन्छ।
    हाम्रो मुलुकमा झन्डै दुईतिहाई बहुमत भएको वामपन्थी सरकार छ । सातमध्ये छवटा प्रदेश र स्थानीय सत्ता पनि केन्द्रीय सत्तावाला पार्टीकै हातमा छ। यो अवस्थामा सङ्घीय सरकार तथा सत्तारुढ पार्टीले जनप्रिय काम गर्न र नागरिकमा दह्रो विश्वास जमाउन कुनै अवरोध थिएन। तर आज सरकार र नेकपाप्रति जनताको विश्वास पातलिंदै छ। नागरिक दोषी होइन, उसले त वामदललाई जनमतको पगरी पहि–याइ दिएकै हो। चुनाव जितेपछिको सत्ता सञ्चालक वा सत्ताधारी पार्टीको चालचलन तथा क्रियालापले गर्दा आज मुलुकवासीमा अविश्वासको जग बसेको हो। आधा कार्यकाल बितिसक्यो, सरकारले पार्टीको चुनावी घोषनापत्रसम्म छोएको छैन। कुर्सीका लागि पार्टीभित्रै एकले  अर्कालाई धोखा दिने, एउटाले गरेको राम्रै काममा अर्कोले खुट्टा तान्ने, उछितोपछितो गर्ने, गुट–उपगुटलाई बढाव दिने र सकेसम्म ढाट छल गर्नमा नै अधिकांश नेताहरू व्यस्त छन्। आज सरकारले गर्ने हरेक काममा नागरिकले खबरदारी गरिरहेको छ। सकभर जनहितकारी काम नगर्ने र केही काम राम्रा गरे पनि त्यसलाई टुङ्गोमा पु–याउन नसक्ने सरकारको चालले नागरिक औंला ठड्याउन बाध्य भएका हुन्। हरेक काममा नागरिकबाट अविश्वास प्रकट हुनु र औंला ठड्याइनुले सरकार अकर्ममण्यताको शिकार बन्ने खतरा रहन्छ। सत्तारुढ नेकपाका नेता कार्यकर्ता एवं सत्ता सञ्चालकहरूले आफ्नो हरेक क्रियाकलापलाई देश र नागरिकको कसीमा राखेर सुधार गर्न विलम्ब गर्नुहुन्न।

Previous Post

विश्वकर्मा पूजा र वास्तु विश्वास

Next Post

निषेधाज्ञा र लकडाउनका कारण वीरगंजमा रोकियो १५ सय कार

Next Post
निषेधाज्ञा र लकडाउनका कारण वीरगंजमा रोकियो १५ सय कार

निषेधाज्ञा र लकडाउनका कारण वीरगंजमा रोकियो १५ सय कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.